शहरमै कछुवा गति, गाँउमा त अल्झो कति कति

तै पनि वामे सर्दै छन् सार्वजनिक विद्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : लक डाउन सुरु भएपछि विद्यार्थी मोफसलमास्थित आ आफ्ना घर हिँडे । ति सम्पर्कमा आएका छैनन् । विद्यालयले अनलाइनमा रिजल्ट त राख्यो तर कतिले हरेर हेरनन् थाहै छैन। फर्केर अर्को शैक्षिक सत्रमा जोडिन आइपुग्छन् पुग्दैनन त्यो पनि ठेगान छैन । बल्ल बल्ल अनलाइनबाट विद्यार्थीलाई केही शैक्षिक सामग्री पुर्याउन खोज्यो १५ देखि ३० प्रतिशत भन्दा बढी विद्यार्थी त्यसमा सहभागी हुँदैनन् । कक्षा ९ देखि १२ सम्मको माध्यमिक तह मै त्यस्तो छ भने आधारभूत तहका विद्यार्थीको पहुँच त अझै कमजोर । विद्यालयका प्रधानाध्यापक हेरम्ब राज कँडेलको भन्नुहुन्छछ, ‘जुम एप प्रयोग गरे शिक्षकको मिटिङ गर्न सम्मलाई यो उपयोगी देखिन्छ तर अधिकांश विद्यार्थीमा भने प्रत्यक्ष कक्षा नभई पाठ बुझँदैन भन्ने नै मनोविज्ञान छ’
राजधानीको त्रिपुरेश्वर स्थित विश्वनिकेतन नमुना माध्यमिक विद्यालयको मात्र कुरा हो । देशका बढी विद्यार्थी त्यस्तो ठाउँमा बस्छन् । जहाँ टेलिफोनमा राम्ररी आवाज सुन्नु नै संचारको मुख्य चुनौति छ । त्यस्तो ठाउँमा ‘भर्चुअल कक्षा’को कुरा हस्यौली मात्र बन्न सक्छ

देशका सार्वजनिक विद्यालयमा भर्चुअल कक्षाको सम्भावना र चुनौतिबारे शिक्षा पत्रकार सञ्जाल इजोनद्वारा बिहीबार आयोजित अनलाइन अन्तक्र्रिया कार्यक्रममा बोल्दै धनगढीस्थित सरस्वति माविकी शिक्षक चन्द्रकला ले शिक्षकको इच्छाशक्ति र पुर्वाधारको विकास नभएसम्म भर्चुअल कक्षाले थोरै विद्यार्थी मात्र समेटने बताउनुभयो । त्यसबाहेक मोबाइलमा डाटाको मुल्य सामान्य विद्यार्थीको गच्छ भन्दा बढी रहेका कारण पनि अप्ठ्यारो परिरहेको बताउनुभयो ।

सबै विद्यार्थीलाई जुम एपबाट मात्र पढाउन सकिन्न भन्नेमा शिक्षकहरुको एउटै मतो छ । तर त्यसको विकल्पमा सुझाइएका रेडियो, टेलभिजन र केही स्थानमा मौतिक दुरी कायम गर्दै शिक्षकले समेत पढानउने कुरा कतै पनि औपचारिक रुपमा सुनिएको छैन। जुम प्रविधिबाहेकबाट शिक्षण गराउन स्थानीय सरकारसम्म राम्ररी कुरा पुगेकै छैन् ।

प्रविधि मैत्रि शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले अपर्झट काम गर्नु पनि कोभिड १९ को महामारीबाट उत्पन्न परिस्थितिले अनलाइन शिक्षणको महत्व अझ उजागर गरेको बताउनु भयो । समग्र शिक्षा बजेटको केही प्रतिशत नै अनलाइन कक्षाका लागि छुट्याउनु पर्ने धारणा उहाँको थियो । यसका लागि शिक्षकलाई तयार गर्नु अर्को चुनौति भएको धारणा पनि उहाँको थियो ।
दुर्गम जिल्लामा इन्टरनेटमा आधारित अनलाइन कक्षा सपनाको विषय बन्न गएको छ। त्यहाँ कार्यरत सञ्चारकर्मी राजन रावतका सबै गाउँपालिकामा टेलिफोन समेत नपुगेको स्थितिमा अनलाइन शिक्षा झन् मुस्किल हुने बताउँछन् । ‘त्यहाँ लक डाउनको खबर समेत पाँच दिन पछि पुगेको थियो ’, राउतको भनाइ थियो ।