काठमाडौंः अमेरिकाको विभिन्न राज्यमा रहेका नेपालीले जन्मभूमि कीर्तिपुर र आसपासका क्षेत्रमा कोरोना संक्रमणसँग जुधिरहेका नेपालीहरुलाई सहयोग गर्न थालेका छन् ।
लामो समयदेखि अमेरिकामा विभिन्न राज्यमा बस्तै आएका कीर्तिपुरबासी एवं गैरआवासिय नेपाली संघ, क्यालिफोर्नियाका संस्थापक अध्यक्ष पूर्णचन्द्र बानियाँको पहलमा हामी कीर्तिपुरवासी नामक सँस्थामार्फत यस्तो सहयोग गर्न लागिएको हो । संस्थाले क्यालिफोर्नियामा वसोबास गर्ने नेपालीहरुबाट सुरुवातमा दुई लाख ६८ हजार रुपैयाँ उपलब्ध गराउने छ ।
सहयोग रकमबाट कीर्तिपुर नगरपालिकाकाआवश्यकता अनुरुप खाद्यान्न तथा पिपिई, मास्क तथा स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने जानकारी सँस्थापक बानियाँले घामछायाँ डट कम लाई अनलाइन सन्देशमार्फत दिनुभएको छ । सहयोग रकमलाई कीर्तिपुर नगर पालिकाका वडा नं ४ का अध्यक्ष राजेन्द्र बानियाँको व्यवस्थापनमा वितरण गरिने जानकारी पनि उहाँले दिनुभयो ।
हामी कीर्तिपुर वासीका लागि सुरुवाती सहयोग गर्नेमा कीर्तिपुरमा जन्मिएर हाल अमेरिका बस्दै आएका 37 जना यस प्रकार छन् ।
प्रतिक्रिया