सरकारले कोभिड 19 संक्रमण कै मौकामा धुम्रपान र सुर्ति सेवन छोड्न अपिल गरेको छ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड संक्रमण स्वासप्रश्वास प्रणालीमा सर्वाधिक असर गर्ने सन्दर्भमा धुमपान गर्नेहरू थप जोखिममा रहने बताउनु भयो “यही अवसर उपयोग गरेर धुमपान छौडौं र आफू र आफ्ना परिवारलाई यसको कु असरबाट बचाऒं” , उहाँको भनाइ थियो | कोरोनाले 2 महिनाको बालकदेखि 70 वर्षसम्मका लाई नछोडेको र त्यसमा पनि 20 देखि 50 वर्ष उमेर भित्रकाको संख्या सर्वाधिक रहेकोले “वयस्कलाई कोरोना लाग्दैन भन्ने भ्रम नपाल्न पनि डा देवकोटाले आग्रह गर्नु भएको छ |
प्रतिक्रिया