पचास मजदुरलाई नेपाल सुन्दरी अनुष्काको राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : मिस नेपाल अनुष्का श्रेष्ठले लकडाउनका कारण रोजीरोटीको समस्यामा परेका विपन्न तथा श्रमिकहरुलाई राहत वितरण गर्नुभएको छ ।
राजधानीको बौद्ध क्षेत्र आसपास ज्यालादारी काम गर्दै आएका एकलमहिला, विभिन्न अपांग व्यक्तिहरु, वृद्धवृद्धा र मजदुरी गर्ने एकाउन्न जनालाई मिस नेपाल वोल्र्ड, आई.एम.ई पे, नेपाल राइजिङ कलेक्शन पार्टनरमार्फत विश्वभरबाट संकलित राहत सामग्रीलाई नेपाल सुन्दरी श्रेष्ठले स्वयंसेवकहरु मिङ्मर तामाङ्, आलोक योन्जन, सुरब रिमाल हयोल्मो हेल्पिङ् हयान्ड्स समूहको सक्रियतामा उक्त राहतवितरण गरिएको हो ।
यसका लागि फैका, चारघरे, आरुबारी, रामहिटीमा बस्दै आएका मजदुरको नाम सङ्कलन गरी राहत वितरण गरिएको थियो ।
राहत वितरणका लागि स्थानको व्यवस्था हयोल्मा समाज सेवा केन्द्रका महासचिव टासी लामाले गर्नुभएको थियो । हयोल्मो हेल्पिङ् हयान्ड्स समूहले टोकन वितरण गर्नुका साथै थर्मोगन, मास्क, सेनिटाइजर प्रयोग गरि सहयोग गरेका जनाकारी पनि लामाले दिनुभयो । राहतस्वरुप प्रतिव्यक्ति १० किलो चामल, तीन किलो आलु, एक प्याकेट नुन, दुई किलो चना दुई किलो, तरकारी (लौका, बन्दकोबी, फर्सी), चियापत्ति एक प्याकेट, तेल आधा लिटर, दाल दुई किलो, साबुन, चिनी एक किलो समावेश थियो ।
मिस नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठका अनुसार, आगमी दिनमा कार्यक्रमलाई निरन्तरता दिन सर्वेक्षण गरि घर–घरमा गई नाम टिपाइ आवश्यक व्यक्तिहरुलाई सहयोग गर्ने जनाएको छ ।
‘सामाजिक दुरी कायमगरि हामीले यो भन्दा अघि बालाजुपुलनजिकै रहेका पैतालिस जना, समखुसीमा तेह्र र थापाथलीमा रहेकानौ जना परिवारहरुलाई पनि राहतवितरण गरेका थियौं ’ , स्वयंसेवक मिङमार तामाङ्ले बताउनुभयो ।