संक्रमण सकिएको दुई सातापछि परीक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं : एसइइ र कक्षा ११, १२ परीक्षासम्बद्ध पदाधिकारीहरुले कोभिड १९ को संक्रमण सकिएको अवस्थामा कम्तिमा दुई सातापछि परीक्षा गर्न सकिने बताएका छन् ।

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) बाट आइतबार आयोजित जुम भिडियो अन्तक्र्रिया कार्यक्रममा उनीहरुले अहिले परीक्षा संचालन गर्ने निकाय अहिले “पर्ख र हेर”को स्थितिमा रहेको जानकारी दिए ।

विश्वभरका ७३ वटा राष्टिय परीक्षा बोर्डले आआफ्ना तय भएका परीक्षा स्थगन गरेर बसिरहेको बताउँदै राष्टिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले
भन्नुभयो, संक्रमण अहिले बन्दा बढ्यो भने परीक्षा के हुन्छ भन्न सकिन्न ।

संकटका कारण प्रचलित परीक्षा प्रणालीको साटो आन्तरिक मूल्यांकन वा अनलाइन जस्ता प्रणालीमा जान प्रचलित कानुनले नदिने पनि उहाँले बताउनु भयो । यसै सन्दर्भमा दुई महिन अघि स्थगित (एसईई) विद्यार्थी पनि लिखित प परीक्षा लिनै पर्ने कानुनी बाध्यता रहेको उहाँको भनाई थियो । अर्को कानुन नबनेसम्म पुर्व निर्धारित परिक्षा नै सञ्चालन हुन्छ । अध्यक्ष पौडेलले भने, ‘परीक्षा नहुने भन्ने कल्पना नगरिएको बताउँदै उहाँले भन्नुभयो, कानुनले भने अनुसार परीक्षा लिन्छौं ।’

लकडाउन खुकुलो भएको अवस्थामा के गर्ने भन्नेबारे विभिन्न विकल्पमा छलपल भने भइरहेको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले आफ्नो कार्यालयले केन्द्र तथा उपकेन्द्र थप्ने लगायतका उपायहरुको खोजी रहेको जानकारी दिनुभयो ,
उनका अनुसार यसअघि तोकिएको मितिमा सञ्चालन गर्नका लागि मुलुकभर एक हजार नौ सय ९५ वटा परीक्षा केन्द्र तोकिएको जानकारी दिनुभयो । सामाजिक दुरी कायम गरेर परीक्षा चलाउन पर्ने अवस्था आएमा थप ७ सय २७ वटा केन्द्र आवश्यक रहेको अध्ययनमा देखियो, उहाँले भन्नुभयो । यसतर्फ पहाडी जिल्लामा थप केन्द्रको माग तथा तराई र शहरी क्षेत्रमा उपकेन्द्रको माग भएको पनि उहाँले बताउनुभयो । परिस्थिति अनुरुप यस विषयमा अध्ययन गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिइएको जानकारी उहाँले दिनुभयो ।

खासगरी परीक्षार्थी अन्यन्त कम भएका विद्यार्थीका लागि परीक्षा केन्द्र तोक्नु कठिन हुने भनाई पनि नियन्त्रक खकुरेलेको छ । मुलुकभर १० जनाभन्दा कम परीक्षार्थी रहेका विद्यालय मात्रै ५ सय ८७ वटा रहेछन् । ती विद्यालय उच्च पहाडी र हिमाली जिल्लाका छन्’, उहाँको भनाई थियो ।’
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले परीक्षा सञ्चालन तथा पढाइ कहिले देखि सुरु गर्ने भन्ने विषयमा आन्तरिक छलफल भए पनि कुनै निर्णय भइनसकेको बताउनुभयो। कतिपय छलफलमा आएका कुरालाई पनि निर्णय भए सरह प्रचार हुने गरेको भनाई उहाँको थियो ।