अनलाइन कक्षा: अहिले समस्याग्रस्त भए पनि पछिलाई काम लाग्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : उच्च शिक्षामा अहिले सुरु हुन थालेको भर्चुअल कक्षा अपेक्षाकृत कम विद्यार्थी पहुँचमा रहेको पब्लिक क्याम्पस सम्बद्ध विज्ञहरुले बताएका छन् । यद्यपी कोरोनाको प्रकोपका कारण पठन पाठन ठप्प भएपछि वैकल्पिक उपायका रुपमा अघि सारिएको यो शैक्षिक पद्धतिलाई भविष्यमा प्रभावकारी ढंगले विकास र विस्तार गर्न सकिने उनीहरुको मत छ ।

शिक्षा पत्रकार संजाल –इजोन) र नेपाल पब्लिक क्याम्पस संघबाट शुक्रबार संयुक्त रुपमा आयोजित अनलाइन अन्तक्रिर्या कार्यक्रममा बोल्दै नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शिवराज सञ्जेलले हालको अवस्थामा प्राविधिक र आर्थिक रुपमा चुनौतिपूर्ण देखिए पनि दीर्घकालिन रुपमा यसलाई अघि बढाउँदै जानुपर्ने बताउनुभयो ।

राजधानीको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसका प्रमुख भोला ओझाले सेमेस्टर प्रणालीमा अध्ययनरत विद्यार्थी मध्ये ७५ प्रतिशत सहभागी भए पनि वार्षिक परीक्षा प्रणालीअन्तर्गत पढिरहेका विद्यार्थी मध्ये २० मात्र अनलाइन कक्षामा उपस्थित भएको बताउनुभयो । सबै विद्यार्थीलाई एउटै प्रणालीले काम नगर्ने बताउँदै उहाँले वाईफाई भएका, मोबाइल फोन सेटमा नेट चलाउने र इन्टरनेट पहुँचमै नभएका विद्यार्थीलाई छुटाछुटै तरिका अपनाउनु पर्ने धारणा उहाँको थियो ।

खुला विश्वविद्यालयका विज्ञ पदमराज पन्तले जुम एप चलाउनु मात्र पूर्ण अनलाइन कक्षा नभएको धारणा राख्दै अनलाइन कक्षा चलिरहँदा उपस्थित नभएको विद्यार्थीलाई कसरी पाठ पुर्याउने भन्ने छुटै प्रणाली विकास गर्नुपर्ने बताउनु भयो । यसै गरी अवस्था हेरेर कतै रेडियो , कतै टेलिभिजन आदिको माध्यमबाट समेत अनलाइन कक्षामा विद्यार्थीलाई सहभागी गराउनुपर्ने धारणा पनि उहाँको थियो । कुनै पनि माध्यम नभएका विद्यार्थीलाई स्थानीय निकायको सहयोगमा अनलाइन कक्षामा सहभागी गराउन सकिने उहाँको थियो।

डाटाको आर्थिक भारतर्फ पनि विचार गरी सरकारले टेलिकममार्फत निश्चित वेससाइटहरु डाटा विना नै हेर्न सक्ने पनि उहाँले बताउनुभयो । कतिपय अवस्थामा अनलाइन कक्षा शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा गरिने परम्परागत कक्षा भन्दा पनि प्रभावकारी हुने देखिएको पनि उहाँले बताउनुभयो । त्यस्तो कक्षामा विद्यार्थी र शिक्षकबीच विना संकोच छलफल हुने गरेको छ, उहाँको भनाई थियो।

बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख ताराप्रसाद उपाध्यायले सेमिस्टर प्रणालीका कार्यक्रम अनलाइन कक्षामा लाँदा ९५ प्रतिशत सम्म सहभागिता भएपनि वार्षिक परीक्षा प्रणालीमा रहेका विद्यार्थीलाई ट्रेस गर्न समेत कठिन भएको बताउनुभयो ।

पोखराको जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख वीरंजी गौतमले समग्रमाअहिलेको अनलाईन कक्षाले करिब १०प्रतिशत विद्यार्थी मात्र समेटन सकेको बताउनुभयो । नवलपुरको मध्यविन्दु बहुमुखी क्याम्पसका प्रमुख मुक्ति पाण्डेले कोरोना संकटका कारण अहिले अआएको अनलाइन कक्षाको कुरालाई लिएर अनलाइन कक्षाका लागि अघि बढदा भविष्यमा विद्यार्थीका लागि यो राम्रो पद्धति हुन सक्ने बताउनृु भयो ।
अनलाइन कक्षा: अहिले समस्याग्रस्त भए पनि पछिलाई काम लाग्छ