काठमाडौं २५ गते : काठमाडौं महानगरपालिका वडा न.६ ले कपन सुबी गाउँस्थित गलैंचा कारखानामा कार्यरत 18 मजदुर परिवारका कुल 56 लाई आज राहत प्रदान गरेको छ।
कारखाना बन्द हुँदा मजदुरहरूले दैनिक खानाका लागि समेत समस्या बेहोर्नु परेको समाचार घामछायाँ डटकमले बुधवार प्रकाशन गरेको थियो | त्यसपछि काठमाडौं महानगरपालिका वाड.न.६ अध्यक्ष दिपेन्द्र लामाको पहलमा वडा कार्यालयले राहत वितरण गरेको हो ।
लकडाउनका कारण उठाउनु पर्ने रकम समेत नउठेका कारण मजदूरहरू थप समस्यामा परेका थिए |
वडा अध्यक्ष लामाले बिहिबार कारखाना परिसरमा पुगेर प्रत्येक अठार जना परिवारलाई दस के.जि चामल, दुई के.जि दाल, दुई के.जि चिनी, एक लिटर तेल र एक पैकेट नुन प्रदान गरेको जानकारी गलैंचा कारखानाका सञ्चालक पदम माझीले दिनुभयो ।
प्रतिक्रिया