कोरोना विरुद्ध जिल्ला सुरक्षा समिती पर्साको नया रणनीति ।
वीरगञ्ज एकै परिवारका १७ जनामा कोरोनाको नया संक्रमण देखिए लगतै जिल्ला सुरक्षा समिती पर्साले कोरोना विरुद्धको लडाइमा कडा रणनीति निर्माण गरेको छ ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री विष्णु कुमार कार्कीको अध्यक्षतामा आज बसेको जिल्ला सुुरक्षा समितिको बैठकले गरेका सिलबन्दी सहित लकडाउनको कडा निर्देशन जारी गर्ने निर्णय गरेको छ|
समितिले कोभिड १९ को संक्रमण फैलनबाट रोक्न विरगन्जका पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा छपकैया बजार चौक , सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एम बि एस स्कूल, पानी ट्यांकी चौक, युक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वी.म.न.पा. वडा नम्बर १ र २ का मित्र राष्ट्र भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा नम्बर १, २ र ३ का इलाकाहरु समेटिने गरी सिलबन्दी गर्ने निर्णय गरेको छ
साथै कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र क्न्ट्याक्ट ट्र्याकिङ्ग गरी चेकजाँचको कामलाई तीब्र पार्ने निर्णय पनि समितिको छ
यसै गरी पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा विहान ५ बजेदेखि साँझ ७ः३० बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन र अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेका बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरु (साईकल, मोटरसाईकल, टेम्पो, रिक्सा, बयलगाडा, टांगा, बस, ट्रक, ट्रिपर, ट्याक्टर आदि) सञ्चालन, प्रयोग गर्न पूर्ण रुपमा निषेध गरिने छ
कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुहरुको ढुवानी यस पूर्व गरेको निर्णय अनुसार नै गर्न दिने र यसको लागि पासको आवश्यकता नपर्ने समेत समितिले निर्णय गरेको छ|
औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरलाई बाहिर निस्कन निषेध गर्ने जस्ता निर्णयहरु गरि निर्देशन जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले आधिकारिक जानकारी गराउनु भयो ।
प्रतिक्रिया