
काठमाडौं चन्द्रागिरी न प 6 स्थित बालगाउँ क्षेत्रमा बुधबार विहान नै निस्किएर दिनभर आतंक मच्चाइ रहेको चितुवा स्थानीयहरूले जंगलतर्फ भगाउने क्रममा मारिएको छ ! स्थानीय भाइकृष्ण बलामीका अनुसार चितुवालाई सकेसम्म जंगल तर्फ नै पठाउने प्रयास स्थानीय युवाहरूले गरेका थिए | तर चितुवा जंगल तर्फ जानुको साटो वस्ति तिर पस्ने र भगाउन खोज्नेलाई नै आक्रमण गर्न थालेपछि प्रतिकार गर्दा चितुवाको मृत्यु हुन पुगेको थियो |
महानगरीय प्रहरी प्रभाग थानकोटले दिएको जानकारी जिल्ला वन कार्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ !
प्रतिक्रिया