गलैंचा मजदुरहरू राहत विहीन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कारखाना मालिक भन्छन्, पैसा उठाउन पाइएन

 

काठमाडौं

कपन सुबी गाउँस्थित गलैंचा कारखानामा कार्यरत 56 जना मजदुरलाई बिहान बेलुकीको छाक जुटाउने चिन्ता छ |

अर्कोतर्फ कारखानाका सञ्चालक पदम माझी भन्नुहुन्छ, “संकटका बेला अलि पैसा दिउँ भने पनि प्राप्त गर्न कठिन छ | केही दिन अघि पैसा लिन जान खोज्दा गौशाल मै पुलिसको नियन्त्रणमा परे र दुई घन्टा सडकमा उभिएर फर्किए |

 

कारखाना सञ्चालक माझी तथा सबै मजदुर 10 दिन देखि काठमाडौं महानगरपालिका वाड.न.६ कार्यलयमा राहतको पहल गर्न थाला छन् | तर पार लाग्ने देखिएको छैन | वडामा  फारम बुझाए त पनि आफुहरुले राहत नपाएको उल्टै फारम फिर्ता आएको माझीले घामछाँयालाई बताउनु भयो ।

 

उहाँका अनुसार फारम फिर्ता गरिएको र कारण सोध्दा राहत उद्योग कारखानाहरुको लागि नरहेको वाड कार्यलयले उहाँलाई बताएको छ।


वाड कार्यलयबाट फारम फिर्ता आए पछि हामीले पाँच दिन भयो फैका चोकको एक बहिनीलाई फारम दिएको राहतका लागि । आजका दिन सम्म हामीलाई फैका चोकमा नजिकै बसोवास गर्दै आउनु भएका खेमराज पुरी दूारा राहतबाट गुजारा गदै छौ । अहिले रासनको अभावका कारण रामहिटी चोकमा निःशुल्क खाना वितरण गरेका ठाँउबाट गुजारा गन्र्न परेका उहाँले बताए ।
सरकारले राहतमा सयोग नदिएका कारण आफु किर्तिपुर पैसा लिन जाँदा गौशाला सम्म पुग्दा, गौशालामा तिन घण्टा सम्म उभिएर बस्नु परेको भन्दै उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, “राहत वितरण गदै छन् भन्ने सुनेको छौ तर खै हामीले पाएको, कारखानाका कर्मचारीहरुको लागि नि गर्नु पर्यो । सहयोग गर्नु पर्यो भन्ने हाम्रो अपेक्षा रहेको छ ।”
यहाँ दमको बिरामी पनि एक जना रहेको र औषधीको लागि अप्mठयारो भएको अवस्था रहेको छ । औषधी पनि समाप्त हुन लागेको छ । लकडाउन बढियो भने झन् ठूलो संङकठ आउने छ उहाँले बताउनु भयो । लकडाउन सँगै व्यवसाय छैन् कसरी गुजारा गर्नु ।
काठमाडौं महानगरपालिका वार्ड.न.६ अध्यक्ष दिपेन्द्र लामाका अनुसार आठ हजार भन्दा बढी मज्दुरहरुलाई राहत वितरण गरिसकेको र आज दिन पनि पाँज सय पचास जना परिवारहरुलाई दश के.जी चामल, एक के.जी दाल, एक के.जी नुन र आधा लिटर तेल वितरण गरेको बताउनु भयो । उहाँका अनुसार करखानाहरुको मालिकहरुको महाँ–संगलाई कारखानाका कर्मचारीहरुलाई सयोग गर्ना भनिएको जानकारी दिनु भयो । उहाँले कुनै ज्याला मज्दुर गरेर र आवश्यक मानिसहरुको लागि सयोग गर्ने बताए ।