स्वास्थ्य मन्त्रालयले मदिरा सेवनले कोरोना भगाउने भ्रम उत्पन्न हुन थालेको उल्लेख गर्दै यसमा कुनै पनि सत्यता नभएको बरु मदिरा सेवन उल्टै हानिकारक हुने बताएको छ ।
स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. सुवास देवकोटाले कोभिड १९ महामारीका कारण अहिले लक डाउनमा रहेका कतिपय व्यक्तिले गरेको यस्तो तर्क स्वास्थ्य विज्ञान सम्मत नरहेको बताउनु भयो ।
‘अल्कोहलले कोरोना किटाणुलाई मार्ने त कुरै छैन बरु लकडाउनको बेला मदिरामा मन लगाउँदा सामान्य सेवन बढी सेवन गर्ने र सेवन नै नगर्ने मानिसले गर्ने सम्भावना हुन्छ ’, डा.देवकोटाले थप्नुभयो ।
प्रतिक्रिया