काठमाडौं : विश्वमा फैलिरहेको कोभिड–१९ कोो देशभर कहिले सम्म लकडाउन कहिले सम्म हुन्छ पत्तो छैन |
यसरी लकडाउन थपिदै गए के गरी धान्ने हो ? जोरपाटीको “आश्रय समूह, उपचार तथा पुर्नस्थापना केन्द्र” का संचालकहरू आत्तिन थालिसके | जमिनको भाडा, कर्मचारीको तलब, खाध्यान्न, अरू अत्यावश्यक सामग्री र ऒषधि समेत कसरी किन्ने ?
केन्द्रको स्रोत् भन्नु नै लागुऔषध कुलतबाट मुक्त हुन खोजी रहेका युवाको परिवारबाट आउने शुल्क हो | लकडाउनले अहिले त्यसमा पनि लकडाउन भएको आवस्था छ । यहाँ 95 जना लागुऔषध बाट छुटकारा पाउने अपेक्षामा रहेका.युवा छन् | उनिहरूको खानाका लागि दिनमा दुई बोरा चामल, पन्ध्र के.जि आलु लाग्ने गरेको समूहका निर्देशक छिरिङ शेर्पाले बताउनुभयो ।
यो अवस्थामा स्रोत त सुक्यो नै, केन्द्रका पदाधिकारी लकडाउनका बेला दैनिक उपयोगी खाद्यान्न किन्न जाँदा प्रहरीले दुई घण्टा सम्म उभ्यायो ।
शेर्पाका अनुसार खाना, ग्याँस, तरकारीहरुका लागि साढे प्रति महिना चार लाख रूपैया भन्द बढी खर्च हुने गरेको छ । लकडाउन घोषणा भए सँगै नयाँ भर्ना बन्दा गरेको र परिवार आगन्तुकहरु लाई पनि अत्यावश्यक अवस्थामा मात्रा आउँन दिने गरिएको छ । उपचारको लागि नयाँ लागुऔषध दुर्व्यसनीहरू भर्ना हुन खोजेका छन्| ” लकडाउनका कारण हामीले नँया भर्ना लिन सकेका छैनौ । याँहा रहेका कतिपय लागुऔषध प्रयोगक्त्तहरु निको भएका छन् तर हामीले लकडाउनका कारण घर पठाउन नसकेको अवस्था रहेको छ”, शेर्पाले घाँमाछायासँग भनुभयो ।
शेर्पाका अनुसार, ध्यान, योगा, ब्यायाम, भित्री खेलहरु, बाहिरी खेलहरु नियमित् गराइए .तर मनोचिकित्सक, सामान्य चिकित्सकहरु लकडाउनका कारण आउन पाएका छैन् । यँहा कोरोना भाइरसको कुरामा धेरै नै सुरक्षित वातावरण रहेको र बाहिरी जाने, आउँने क्रम बन्दा गरेको शेर्पाले जानकारी दिनुभयो ।
सरकारले पनि जटिल अवस्थामा रहेको ठाँउ–ठाँउमा पास, राहतको व्यवस्था गर्यो भने ठूलो सहयोग हुने उहाँले बताउनुभयो । ”
हामीले लागु औषध प्रयोगक्त्तहरुको लागि हेरिरहेको, कडा बजेटमा चलि रहको छौ र हामीलाई यस्ता कठिन समयमा सयोग गयो भने ठूलो सहयोग हुने छ” , शेर्पाले बताउनुभयो ।
प्रतिक्रिया