एकैदिन थप १० जनामा कोभिड 19 संक्रमण पुष्टि, संख्या ६९ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  काठमाडौं २१ : नेपालमा आज एकैदिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ६९ पुगेको छ

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ जना र वीरगञ्जमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको  जानकारी दिनुभयो |

यससँगै देशमा कोभिड –१९ को संक्रमित हुने संख्या ६९ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुको अवस्था सामान्य रहेको र संक्रमितहरु ७ देखि ५८ वर्षीयसम्मका व्यक्तिहरू रहेको जानकारी पनि उहाँले दिनु भयो ।