आजको दिन (जब मोहम्मद अलीले मार्न मानेनन् )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः

आज २०७७ साल वैशाख 16 गते

   वैशाख शुक्ल पंचमी

तदनुसार अप्रिल 28 मंगलबार 

लकडाउन: आज 34 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

१०४७१ PCR परिक्षण गरिएको

४३०६३ RDT परिक्षण गरिएको

१०४१९ संक्रमण नदेखिएको (PCR)

५२ संक्रमण देखिएको (PCR)

२०१९५ क्वारेन्टाइनमा

१०६ आइसोलेसनमा

१६ निको भएको

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित :  30 लाख  59 हजार  2 सय 98 जना

निको भएका : 9  लाख  19 हजार 8  सय  12 जना

मृत्यु :  2 लाख 11 हजार 2 सय 19 जना

स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 


मेष राशि: पराक्रम बढ्ने
वृष राशि: शत्रु भय
मिथुन राशि: शोक मुक्त
कर्कट राशि: धन व्यय
सिंह राशि: मित्र लाभ
कन्या राशि: स्वास्थमा सुधार
तुला राशि: यात्रामा कष्ट
वृश्चिक राशि: रोग
धनु राशि: स्त्री सुख
मकर राशि: धन लाभ
कुम्भ राशि: अस्वस्थता
मिन राशि: कान्ति क्षय

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

बदलीसहित हल्का वर्षा र हावा हुरी

तापक्रम

बढीमा : 23 डिग्रि सेल्सियस

घटिमा : 14 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 27
सूर्यास्त : साँझ ६ः 36

इतिहासमा आज ~ जब मोहम्मद अलीले मार्न मानेनन्

सन् १९६७ मा आजैका दिन विश्वचर्चित मुक्केबाज मोहम्मद अलीले भियतनाम लडाईका लागि अमेरिकी सेनामा सामेल हुन अस्वीकार गरेका थिए । त्यतीबेला उनको भनाई “मैले तिन(भियतनामी)लाई किन मार्ने ? ” ले अन्तराष्ट्रिय चर्चा पाएको थियो | परिणाम स्वरुप उनको हेवी वेट च्याम्पियन उपाधी तथा लाईसन्स खोसिएको थियो । यसपछि उनले चार वर्ष खेल्न पाएनन् । पछि सन् १९७१ मा अदालतले त्यो कारबाही उल्ट्याइदिएपछि भने खेल्न थालेका थिए ।

खेल्न नपाएको अवधिमा उनको युद्ध विरोधी छवीले लोकप्रियता कमाउँदै गयो । यसअवधिमा उनले अमेरिकाका भरी थुपै कलेजका विद्यार्थीलाई सम्बोधन गरे जसमा भियतनाम युद्धको आलोचनाका साथै अफ्रीकन अमेरिकी गौरव र जातीय न्याय सम्बन्धी वकालत हुने गथ्र्यो ।