बन्दाबन्दी वैशाख 25 सम्म

कोरोना भाइरसको कहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – कोभिड 19 को संक्रमण रोक्न सरकारले  जारी लकडाउनको अवधि १० दिन बढाउन निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी एक मन्त्रीले घामछायाँलाई   दिए। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि  सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।

त्यसयता सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो।