काठमाडौं : लामो बन्दाबन्दी र अन्यौलका कारण बालबालिकाको मनस्थिति खलवलिन सक्ने हुनाले उनिहरूलाई कोभिड 19 बारे उमेर सुहाउँदो जानकारी दिन सम्बद्ध विज्ञहरूले अपिल गरेका छन् |
स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै कान्तिबाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यो कस्तो रोग हो? कसरा सर्छ र बच्नलाई कस्तो सावधानी अपनाउने भन्ने बारे सिकाउनु पर्ने बताउनु भयो |
यतिबेला बालबालिकालाई मोबाइलमा अतिशय व्यस्त हुन दिनुको साटो सृजनात्मक काममा लगाउन र पोषणमा ध्यान दिन पनि उहाँले आग्रह गर्नु भयो | कुपोषित बालबालिकालाई कुनै पनि रोग लाग्न सक्छ”, ! उहाँको भनाइ थियो | अहिले कोभिड 19 को तथ्यांक हेर्दा बालबालिकालाई कम असर गरेको भेटिए पनि सतर्क भने हुनुपर्ने समेत उहाँले बताउनु भयो |
प्रतिक्रिया