वीरगन्ज : कोरोनाको आशंका गरिएकी एकजना युवतिको आज बिहान विरगन्जमा मृत्यु भएको छ । प्रदेश २ को पर्सा जिल्लाको बीरगंजमा आरडिटी टेष्ट तीन पटक पोजेटिभ देखिएको थियो । ब्लड क्यान्सरबाट ग्रसित २३ वर्षीया युवतीको तीन पटकसम्मको आरडिटी टेष्ट पोजेटिभ देखिएको थियो ।
विरगन्ज कै नारायणी अस्पतालमाको आइसोलेसनमा उपचाररत मध्ये ४ जनालाइ आज डिस्चार्ज गर्ने कुरा चर्चामा रहेको बेला आइतबार बिहान तराई अस्पतालबाट नारायणी अस्पताल ल्याउने क्रममा युवतीको मृत्यु भएको हो । उनको मृत्युको कारण स्पष्ट पार्न स्वाब लिइएको र परीक्षणका लागि हेटौँडा पठाइएको बताइएको छ ।
अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंका भएपछि उनको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको दोस्रो टेष्ट पनि पोजेटिभ देखिएपछि नारायणी अस्पतालबाट गएको टोलीले अन्तिम टेष्ट गरेको र त्यो पनि पोजेटिभ देखिएको अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।
स्वास्थ्यमा समस्या भएपछि शनिबार बिहान विभिन्न अस्पताल हुँदै उनलाई तराई अस्पताल पुर्याइएको थियो ।
प्रतिक्रिया