आजको दिन (मृतकको संख्या दुई लाख नाघ्यो)

कोरोना भाइरसको कहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

कोभिड 19 बाट मृत्यु हुनेको संख्या विश्वभर 2 लाख नाघेको छ | वर्डो मिटरबाट प्राप्त तथ्यांकअनुसार कोभिड 19 बाट अमेरिकामा 54 हजार भन्दा बढीले ज्यान गुमाएका छन् | विस्तृत तल हेर्नुहोस् ~

 

शुभप्रभात नमोः नमः

आज २०७७ साल वैशाख 14 गते

   वैशाख शुक्ल तृतीया

अक्षय तृतीया

  • सातु सर्वत दान गर्ने र सेवन गर्ने दिन
  • सत्ययुगको प्रारम्भ हुने दिन

  • विश्व वौद्धिक सम्पत्ति दिवस  

तदनुसार अप्रिल 26 आइतबार

लकडाउन: आज 32 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

९६६६ PCR परिक्षण गरिएको

३९६७०RDT परिक्षण गरिएको

९६१७ संक्रमण नदेखिएको (PCR)

४९ संक्रमण देखिएको (PCR)

१४७३१ क्वारेन्टाइनमा

८७ आइसोलेसनमा

१२ निको भएको

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित :  29 लाख  15 हजार  6सय  जना

निको भएका :   8 लाख  34 हजार 4 सय 14  जना

मृत्यु :  2 लाख  3 हजार  43 जना

 स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 


मेष राशि: शोक
वृष राशि: प्रसन्नता
मिथुन राशि: धन व्यय
कर्कट राशि: मित्र सुख
सिंह राशि: कर्म प्राप्ती
कन्या राशि: शरीर पिडा
तुला राशि: कष्ट
वृश्चिक राशि: पारीवारीक सुख
धनु राशि: अन्न लाभ
मकर राशि: बिद्यामा रुचि बढ्ने
कुम्भ राशि: असान्ती
मिन राशि: शत्रु नाश

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

मुख्यतः बदली, बिहान हावाहुरी, क्षणिक वर्षा

तापक्रम

बढीमा : 22 डिग्रि सेल्सियस

घटिमा : 14 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 28
सूर्यास्त : साँझ ६ः 35

इतिहासमा आज ~

राजाको अन्तिम प्रम नियुक्ति
वि सं २०६३ सालमा आजकै दिन तत्कालिन राजा ज्ञानेन्द्रबाट आन्दोलनरत

सात राजनीतिक दलका तर्फबाट गिरिजा प्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । यो नेपालका राजाले प्रधानमन्त्री नियुक्त गर्ने अन्तिम घटना बन्न पुगे

 

चेर्नोविल आणविक दुर्घटना


आजैका दिन सन् १९८६ का दिन तत्कालिन सोभियत संघअन्तर्गत र हाल युक्रेनमा पर्ने क्षेत्र चेर्नोभिलमा रहेको आणभिक भट्टीमा दुर्घटना भएको थियो । यसलाई इतिहासकै सबै भन्दा घातक आणविक दुर्घटना मानिन्छ । उक्त आणविक भट्टीको सेक्टर नम्बर ४ मा विफोष्ट हुँदा त्यहाँबाट चुहिएको १० किलोमिटर रेडियसको रेडियो रेडियो धर्मी किरण फैलिँदै गई युरोपका अधिकांश भागलाई ढाकेको थियो । यसबाट कयौं महिना सम्म पश्चिमी युरोप प्रभावित बन्यो । यो दुर्घटनाले लाखौं मानिसका लागि क्यान्सरोग लाग्न पुगेको अनुमान गरिएको छ ।