आजको दिन (जब सोभियत नेताले अमेरिकी बालिका बोलाए)

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः

आज २०७७ साल वैशाख 13 गते

   वैशाख शुक्ल द्वितीया

तदनुसार अप्रिल 25 शनिबार 

लकडाउन: आज 32 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

९४०८ PCR परिक्षण गरिएको

३८०८९ RDT परिक्षण गरिएको

९३५९ संक्रमण नदेखिएको (PCR)

४९ संक्रमण देखिएको (PCR)

१२९८५ क्वारेन्टाइनमा

८९ आइसोलेसनमा

१० निको भएको

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित :  28 लाख  26 हजार 8 सय  47 जना

निको भएका :  7 लाख 83  हजार 4 सय 18  जना

मृत्यु :  1  लाख 96 हजार 9 सय  81 जना

 स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 

मेष राशि: धन क्षय
वृष राशि: उत्तम भोजन
मिथुन राशि: शोक
कर्कट राशि: लाभ
सिंह राशि: सुख
कन्या राशि: राज भय
तुला राशि: रोग
वृश्चिक राशि: स्त्री सुख
धनु राशि: वस्त्र लाभ
मकर राशि: कार्यनाश
कुम्भ राशि: कान्ति क्षय
मिन राशि: धन लाभ

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

आंशिक बदली, अपरान्ह हावाहुरी, क्षणिक वर्षा

तापक्रम

बढीमा : 23 डिग्रि सेल्सियस

घटिमा : 14 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 29
सूर्यास्त : साँझ ६ः 34

इतिहासमा आज ~

जब सर्वोच्च सोभियत नेताले अमेरिकी स्कुले बालिकालाई भ्रमणमा बोलाए

सोभियत संघका विद्यार्थी माझ समान्था (गोलो घेरामा)

सन् १९८३ मा आजैका दिन शितयुद्धको चरम अवस्थामा रहेका तत्कालिन सोभियत संघ र संयुक्त राज्य अमेरिकाबीच तनाव कायम रहेकै बेला १० वर्षे अमेरिकी बालिका सामान्था स्मिथले सोभियत सर्वोच्च नेता युरी एन्ड ो पोभको निमन्त्रणामा सोभियत संघको भ्रमण गरेकी थिइन् । तनावपूर्ण सम्बन्ध रहेको देशकी स्कुले बालिकालाई भ्रमणको निम्ता दिनुको कारण चाहीँ स्मिथले नेता एन्डोपोभलाई लेखेको चर्चित चिठी थियो । अमेरिकी संचारमाध्यमहरुले सोभियत रुस आणविक हतियारको प्रयोग गरेर विश्वलाई ध्वस्त बनाउन उद्धत रहेको समाचार प्रमुखतका साथ प्रकाशन गरे पछि स्मिथले नेता एन्डोपोपलाई आफूलाई आणविक युद्धको कुराले डरलागेको बताउँदै त्यसो गर्नुपर्नाको कारण सोधेकी थिइन् । पत्रमा उनले युद्धबाट मानवलाई सुरक्षित राख्न सोभियत संघले के गर्दैछ भन्ने प्रश्न पनि गरेकी थिइन् ।
तत्कालिन प्रमुख सोभियत अखबार प्राभ्दामा छापिएको यो पत्रको जवाफमा नेता एन्डोपोभलाई आपनो देश भ्रमण गर्ने निम्ता दिएका थिए । भ्रमणका क्रममा लेनिनग्राडमा आयोजित पत्रकार सम्मेलनमा उनले दिएको प्रतिकृयालाई आज पनि सम्झना गरिन्छ ः रसियनहरु हामी (अमेरिकी) जस्तै छन् ।
पत्र र भ्रमणबाट राष्टिय अन्तर्राष्टिय चर्चा बटुलेकी स्मिथ पछि थुपै ठाउँमा
रुसी र अमेरिकी संचारमाध्यममा छाएको थियो । यसै भ्रमणलाई लिएर उनलाई अमेरिकाको कान्छि राजदुतको उपमा समेत दिइएको थियो ।