सुनसान आमाको तिर्थ

कोरोना भाइरसले विथोलेको मातृ ऒँशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेर्नुहोस् अघिल्लो वर्ष र पछिल्लो वर्षका दुई फोटो

काठमाडौं : अघिल्ला वर्षहरूमा भए यती बेला लाखौंको भिड भइसक्थ्यो ! मातातिर्थको कुण्ड त के नजिक पुग्न पनि मानिसलाई धौ धौ पर्थ्यो ! सवारी लिएर जानेहरूले करिब 500 मिटर वरै राखेर हिँडनु पर्थ्रो !

तर यो वर्ष 80 कटेका स्थानीय वृद्धहरूले समेत अहिलेसम्म नदेखेको दृश्य देखिँदै छ त्यहाँ ! सुनसान र चकमन्न ! स्थानीय वालकृष्ण ढकाल भन्छन् “बन्द र कफ्यू लागेका बेला समेत लाखौंको भिड आ आफ्ना दिवंगत आमाप्रति श्रद्धा प्रकट गर्न पुग्थे ! कम्तिमा वागमति प्रदेशका अधिकांश !

कोभिड 19 को विश्वव्यापी महाव्याधिले मातातिर्थलाई समेत मातृ ऒंशिकै दिनमा उराठ बनाइ दिएको छ !

हरेक वैशाख कृष्ण ऒंशीका दिन आमा नभएकाहरूले राजधानीदेखि १० किलोमिटर पश्चिम-दक्षिणमा थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान तथा पुरोहितलाई सिदा दान र भोजन गराउँदै दिवङगत आमाको सम्झ्ना गर्ने प्रचलन रहेको छ ।

साथै त्यहाँसम्म पुग्न नसकेकाहरूले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मणलाई सिदा दान गर्ने परम्परा रहेको छ ।



हेर्नुहोस् गतवर्षको फोटो