नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ |स्वास्स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रयोगशाला परीक्षणमा परीक्षणमा ८ जनामै कोरोना पोजेटिभ देखिएको छ।
थप आठ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो
मंगलबार धरानमा गरिएको पुनः परीक्षण ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको थियो।
सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो।
संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा राखिएकाछन्।
प्रतिक्रिया