”आऊ (न)मिलाउँ हाम्रा हातहरू”

कोरोना सकिएपछि पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकका उत्कृष्ठ सरुवा रोग विज्ञ डाक्टर एन्टोनी फाउचीले एक साताअघि घोषणा गरे, अब हात मिलाउने दिन सकियो
कोभिड १९ बाट विश्वमै सर्वाधिक संत्रमित र मृत्यु दर भएको देश बन्न पुगेपछि अमेरिकी विज्ञहरु र संचार माध्यमहरु परम्परागत जीवन शैलीमै परिवर्तन गर्नुपर्ने निश्कर्षमा पुगेका छन् । हात मिलाउने परम्परागत अभिवादन शैलीलाई परिवर्तन गर्न पुर्वीय अभिवादन शैलिका विविध रुपहरु जनता समक्ष पस्किन थालेका छन् ।

आइतबार विश्वव्यापी अमेरिकी समाचार संस्था सिएनएनले वैकल्पिक अभिवादनहरुको प्रेस्कृप्सन प्रस्तुत पस्किएको छ । सिएनन डट कमको उक्त विषयसम्बन्धी स्टप सेकिङ ह्याण्ड, डु दिस इन्स्टीड शीर्षकको फिचरमा सनातन वैदिकहरुले प्राचिन काल देखि अपनाएको नमस्कारसहित केही अर्को शरीर नछोइ गर्न सकिने अभिवादन शैलीलाई अपनाउन सुझाइएको छ, अहिले कोरोना र भोली त्यस्तै अर्को संक्रामक रोगले समाजलाई न गिजलोस् ।

यो प्रेस्कृप्सनपछाडीको कारण स्पष्ट छ, विना शारीरिक छुवाई वा अधिक नजिकको बसाई भेट भएको मानिसप्रति न्यानो अभिवादन प्रकट गर्न सकिने थुपै विकल्प विश्वमा रहेको सिएनएनले सुझाएको छ ।

पहिलो सिफारिस नमस्ते
सिएनएनको पहिलो सिफारिस नमस्ते रहेको छ । हिन्दु अमेरिकन फाउन्डेशनलाई उधृत गर्दै सिएनएन डट कम भन्छ, संस्कृतमा यो परम्परागत हिन्दु अभिवादन नमस्तेको अर्थ म भित्रको दैवत्वलाई तिमि मित्रको दैवत्वले सम्मान प्रकट गर्दछ भन्ने हुन्छ । थप त्यसमा नमस्कार गर्ने तरिका पनि सिकाइएको छ, यसका लागि थोरै झुक्नुस् हत्केलाहरु छाती अगाडी ल्याएर एक अर्कासँग जोडनुस्, त्यसो गर्दा औंलाहरु माथितिर फर्किएको हुनुपछ ।

आँखी भौं उचालेर मन्दमुस्कान


फिचमा अर्को विकल्पको रुपमा आँखी भौंलाई थोरै उचालेर मन्द मुस्कानका साथ गरिने अभिवादन लाई सुझाइएको छ सोमया नामक स्थानमा प्रचलित यो तरिकालाई मानवशास्त्री इरेनौस इवेसफेल्टले गैर शाब्दिक संचार भनेका छन् ।

वाइ बो


थुपै दक्षिण पुर्वी एसिया तिर प्रचलनमा रहेको यो अभिवादन शैली झण्डै नमस्ते जस्तो लाग्छ। थाइल्याण्डमा वाई भनिने यो अभिवादन गर्दा अभिवादन लिने र दिनेबिचको दुरी करिब ६ फिट हुनुलाई राम्रो मानिन्छ । यो अभिवादन प्रायः आफू भन्दा वरिष्ठ, शिक्षक र अभिभावकलाई गरिन्छ । यसमा केही झुकेर नमस्ते गर्दै बुढीऔंलाहरुले नाकको टुप्पो छुने र औंलाहरुलाई आँखी भौ बिचको भागसँग समानान्तर ढंगले राख्ने गरिन्छ । यसैमा आफू भन्दा सानालाई वाइ गर्दा एउटा मात्र फरक तरिका अपनाइन्छ , त्यो हो, नाकको टुप्पोलाई बुढी औंलाहरुको साटो चोरी औंलाहरुले छुने ।
यसमा अभिवादन फर्काउने तरिका पनि छ । त्यो हो, कसैले वाई गरेमा आफूले हत्केला छातिमा राखेर अभिवादन गर्ने ।

दुई ताली


जाम्भियन देशहरुका शोना जातिमा यस्तो अभिवादन गरिन्छ । शोना भाषाका प्राध्यापक दाभे मुटासाका अनुसार यसमा दुई व्यक्ति भेट हुँदा पहिले हात मिलाउने र पछि दुई पटक ताली पड्काएर अभिवादन आदान प्रदान गर्ने तरिक हुन्छ । तर अब हात मिलाउने भाग छोड्दै छौ ।

 

हृदयमाथि हात

इस्लाम देशहरुमा लोकप्रिय यो अभिवादन शैलीले पनि नछोइकन राम्रै सम्मान देखाउन सकिन्छ । त्यसमाथि थपेर विश्वस्वास्थ्य संगठनका महानिर्देशक टेड्रोज घेब्रेससले आफ्नो शरीरलाई बस्न लागे जस्तो गरेर थोरै झुकाउने गरेका छन् ।

 

सांकेतिक भाषाको अभिवादन


यसबाहेक सांकेतिक भाषामा प्रयोग हुने अभिवादन (सलाम गरे जस्तै ) गर्ने तरिका पनि सिफासिर गरिएको छ ।

 

 

 

शाका साइन

हवानाका मानिसहरुले गर्ने शाका साइन भनिने अभिवादन शैली पनि विकल्पमा सुझाइएको छ यस्तो अभिवादनमा हातका चोरी माझी र साँइली औैला दोबारेर बुढी र कान्छी औंला थोरै हल्लाउने शैली अपनाइन्छ ।