स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेज मार्फत शुक्रबार एकै दिनमा १४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । जस मध्य उदयपुर जिल्लाका १२ जना रहेका र चितवनका दुई रहेका छन् ।
यसअघि नेपालमा १६ जनामा मात्र कोरोना पुष्टि भएको थियो । एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। उदयपुरका बिरामीको विराटनगरस्थित कोशी अस्पतालमा पिसिआर विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको थियो। उनीहरु मध्ये केही भारतीय हुन्।
उनीहरू उदयपुरको भुल्केस्थित एक मस्जिदमा बसिरहेका थिए। उनीहरू केहीदिन अघि मात्र भारतबाट नेपाल फर्केको स्रोतले जनाएको छ।
त्यस्तै चितवनमा ६३ र २७ बर्षका दुई पुरुषमा काेराेना संक्रमण देखिएकाे हाे।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। जसमध्ये मध्ये एकजना बिरामी निको भएका छन्।
प्रतिक्रिया