१०२ वर्षअघिको महाव्याधिले सिकाएका तीन कुरा; अहिले पनि काम लाग्छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 CCN photo

एक शताब्दीअघि डलेलो जत्तिकै फैलिएर विश्वलाई तड्पाएको महाव्याधि जसका कारण विश्वका पाँच लाख मानिस मरे जसमा अमेरिकीहरु मात्र ६ लाख ७५ हजार जना परेका थिए । कोरोना जस्तै त्यो महाव्याधिबारे विश्वस्वास्थ्य संगठनको कथन छ, ‘पृथ्वीका एक तिहाइ मानिसमा संक्रमित त्यो महामारीले जुन गति र घनत्वका साथ मानव जातीलाई प्रहार गरेको थियो,त्यो लगभग कल्पनै गर्न गर्न नसकिने खालको थियो’ ।
यो सन् १९१८ को इन्फ्लुइन्जा महामारिको कुरा हो, जसलाई स्पेनिस फ्लुको नामबाट चिनिन्छ, स्पेनबाट उत्पन नभएको भए पनि ।
एक सय दुई वर्षपछि नोभल कोरोना भाइरस त्यस्तै गरी विश्वभर फैलिएको छ । जसको गति नाप्न ठूला ठूला शक्तिहरुले समेत सकिहेका छैनन् । स्पेनिस फ्लुको पालामा भन्दा बढी स्रोतसाधन भएर पनि ।
कोरोनासँग लड्नका लागि अहिलेकै हतियार चाहिने भए पनि त्यतिबेला मानव जातीले पाएका तीन महत्वपूर्ण शिक्षा यस्ता छन् जुन अहिले कोरोनासँगको युद्धमा समेत काम लाग्छन् । ती पाठलाई अनुशरण गर्न सके कोरोनाले गरिरहेको र गर्न सक्ने मानव क्षतिलाई धेरै हदसम्म घटाउन सकिन्छ ।

पहिलो पाठ : सामाजिक दूरी घटाउन (लकडाउन खोल्न) नहतारिनुस्

स्पेनिश फ्लुका पालामा अमेरिकामा सामाजिक दूरी हतारमा कम गरिएको थियो जसले झन् भयंकर विपत्तिको रुपमा फ्लुको दोस्रो लहर ल्यायो । वास्तवमा फ्लुको प्रकोप सकिने बेलामा रोग हराएको ठानेर गरिएका ठूला ठूला जमघट नै पहिलो लहरभन्दा घातक संक्रमणको कारक बन्न पुगेको थियो । इपिडिमियोलोजीविद् ल्यारी ब्रिलियन्टका अनुसार सनफ्रान्सिकोमा संक्रमण सून्य भएपछि नगर प्रमुखले भनेका थिए, लौ अब हाम्रो शहर खुल्ला गरौं, ठूलो परेड गरौं, जहाँ हामी सबैले हाम्रा मास्कहरु एकै पटक खोल्ने छौं
यही जमघट (सामुहिक रुपमा मास्क खोल्ने)कार्यक्रमका कारण ग्रेट इन्फ्लुइन्जा झन् ठूलो गर्जनका साथ फर्कियो ।
अमेरिकाको अर्को भागमा रहेको शहर फिलाडेल्फियाले उस्तै दुर्भाग्य व्यहोरेको थियो । त्यो वर्ष सेप्टेमबरसम्ममा सहरका ६ सय जना नाविकहरु संक्रमित नै भएपनि सेप्टेम्बर २८ का लागि तय गरिएको परेड रोकिएन । त्यो परेडको तीन दिनपछि नै फिलाडेल्फिया स्पेनिस फ्लुका ६ सय ३५ नयाँ संक्रमित भेटिएका थिए । त्यसको लगत्तै यो शहर सबै भन्दा अमेरिकामै सर्वाधिक मृतक संख्या भएको शहर बन्नपुगेको थियो ।
यस विपरित सेन्टलुइस शहरमा भने त्यस्तै खालको परेड स्थगित गरेर धेरैको ज्यान जोगाएको थियो । अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार परेड पछिको महिनामा फिलाडेल्फियामा मृतकको संख्या १० हजार नाघेको थियो भने सेन्ट लुइसमा सात सय भन्दा बढी हुन पाएन।
यसले अहिले ठूलो शिक्षा दिनसक्छ कतै प्रकोप कम हुनु वा सून्य संक्रमणमा पुग्नुको अर्थ पछि फेरि संक्रमण बढदैन भन्ने होइन रहेछ । ब्रिलियन्टको भनाई छ , हामीेले महामारीको बढदो ग्राफलाई माउन्ट फुजी जस्तै प्रकोपको चुचरो ठानेर अब त्यहाँबाट प्रकोप ओर्लिन्छ भन्ने सोचेका हुन्छौं तर मलाई त्यस्तो लाग्दैन बरु यसलाई सुनामीका रुपमा चित्रित गर्न मिल्छ जहाँ हाम्रो माथिबाट एउटा मात्र होइन अनेकौं ज्वार भाटा आउँछन् । कतिबाट बच्ने हो, त्यो हामीमै भरपर्छ ।

पाठ दुई : स्वस्थ्य युवाका लागि पनि यसकारण घातक हुन्छ महामारी ः

इन्फ्लुइन्जाले युवा तथा उमेरदार मानिसको रोग प्रतिरोधी क्षमतामा घातक ढंगले क्षति गर्छ । यसको उदाहरण पनि स्पेनिस फ्लुका बेल अमेरिकाको औषध आयु ५० वर्ष भन्दामाथि रहेकोमा महामारीको एक वर्ष पछि नै १२ वर्षले घटेको थियो । स्पेनिस फ्लुबारेको विश्वचर्चित पुस्त दि ग्रेट इन्फ्लिुइन्जाका लेखक तथा प्राध्यापक जोहन एम बेरीका अनुसार दुई तिहाई मृतकको उमेर १८ देखि ५० वर्षको रहेको थियो । अहिले पनि कोरोनाले युवा उमेरकालाई उल्लेख्यमात्रामा आफ्नु सिकार बनाएको छ । यद्यपी स्पेनिस फ्लुको समयमा धेरै युवा संक्रमित हुनुको कारण उनीहरु पहिलो विश्वयुद्धको तयारीका लागि ब्यारेकहरुमा सामुहिक रुपमा बस्नुलाई पनि मानिएको छ । अहिले त्यस्तो अवस्था नभएपनि युवाहरुलाई विशेष ध्यान दिनुपर्ने हुन्छ ।
कारण स्पेनिश फ्लुलाई फर्केर हेर्दा थाहा हुन्छ, महामारीले शरीरको रोगसँग लड्ने क्षमतालाई विगारी दिन्छ वा अतिशय प्रतिक्रिया दिने बनाइदिन्छ । इन्डियाना विश्वविद्यालयका प्राध्यापक रिचर्ड गन्डरम्यानका अनुसार यसले मृत्युदरलाई ह्वातै बढाइदिएको दिएको थियो । सिएनएनका प्रमुख स्वास्थ्य संवाददाता संजय गुप्ता भन्छन्, त्यसको एक शताब्दीपछि अहिले पनि प्रतिरोधि क्षमता अस्वभाविक भइदिँदा साइटोकिन स्ट्रोम भनिने प्रतिक्रिया शरीरमै उत्पन्न हुन्छ र मानिसको ज्यान जान्छ। गुप्ता भन्छन्, स्वस्थ्य युवाहरुमा प्रतिरोधी क्षमताले अतिशय प्रतिक्रिया दिँदा फोक्सो र अरु महत्पपूर्ण अंगसमेत सुन्निने हुन्छ । त्यस्तो अवस्थामा बुढा र प्रतिरोधी क्षमता कम भएका मात्र होइनन् युवा पनि उत्तिकै प्रताडित हुनसक्छन् ।

पाठ तीन : अप्रमाणित औषधिले भाइरस मर्दैन

स्वास्थ्य विज्ञानले औषधि र उपचारमा जति सुकै फड्को मारे पनि एक शताब्दी अघिको स्पेनिस फ्लु र अहिलेको कोरोना भाइरसमा दुईवटा समान चुनौति मानवजातीलाई छ, त्यो हो दुवैको भ्याक्सिन र खास औषधि बनेको छैन । त्यतिबेला पनि फ्लुको औषधिभन्दै तेल देखि जटिबुटीका विभिन्न पदार्थ उत्पादन भएका थिए जसले उपचारमा काम गर्न कतैबाट पनि सिद्ध भएको थिएन् ।
अहिले त्यस्तै छ, मलेरिया, रुमाटोइट अर्थोराइटिस जस्ता रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोगुइन कोरोनाको उपचारमा काम लाग्छ भन्ने भान सर्वत्र परेको छ । राष्ट्रपति ट्रम्पले समेत यही औषधि खानुपर्छ भने । धेरैले त्यसको संचय पनि गर्न थाले । जबकी त्यसले कोरोना भाइरस विरुद्ध काम गर्छ भन्ने प्रमाणित भएको छैन । बरु हालैको एउटा अध्ययनले त्यो औषधिले काम नगर्नेमात्र नभई मुटुको धड्कन बढाउन जस्ता काम गरेको पो देखाएको छ ।

सिएनएन डटकमबाट भावानुवादित