सरकारले कोरोना रोगको प्रकोप नियन्त्रणका लागि काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पतालका एम्बुलेन्सलाई केन्द््रीय नेटवर्कमा आवद्ध गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित भिडियो पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा सुवास देवकोटाले यसबारे जानकारी दिनुभएको हो ।
यसका साथै सरकारले आआफ्ना क्षेत्रमा रहेका स्वास्थ्य सँस्था र तिनीहरुसँग भएका स्रोत् साधनबारे जानकारी अद्यावधिक रुपमा लिन पनि स्थानीय निकायहरुलाई अपिल गरेको छ । यसबाट आवश्यक पर्दा छिटो र प्रभावकारी सेवा दिनसकिने पनि डा देवकोटाले बताउनु भयो ।
गुणस्तरहीन पर्ला होस गर्नुहोसर्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कोरोना सम्बद्ध स्यानिटाइजर, मास्क आदिको गुणस्तर अनुगमन र नियन्त्रण गर्न विभागले कार्यदल बनाइसकेको बताउनु भएको छ । सरकारले स्यानीटाइजरको गुणस्तर र मुल्ल तोकेको भन्दै ढकालले यस्ता वस्तु खरिद गर्दा तोकिएको मापदण्ड बमोजिम भए नभएको यकिन गरेर मात्र खरिद गर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया