काठमाडौं : सरकारले हाल जारी आगामी वैशाख १५ गते सम्म बढाउने निर्णय गरेको छ |
मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको जानकारी स्रोत्ले दियो |
कोरोना रोगको प्रकोप व्यापक हुँदै गएपछि सरकारले चैत ११ गते एक हप्ताका लागि लकडाउन गरेको थियो। छिमेकी भारतले लकडाउन थपे पछि अवधि बढाएर चैत २५ सम्म र पछिल्लो पटक वैशाख ३ गतेसम्म पुर्याइएको थियो।
प्रतिक्रिया