पर्सामा वडागत जाँच

कोरोना भाइरसको कहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२८ चैत ,पर्सा ।   देशको प्रमुख व्यापारिक नाका विरगंजसमेत रहेको पर्सा जिल्लाले  महामारी कै रुपमा फैलिदै गरेको कोरोना भाइरस कोभिड १९ संक्रमण रोक्न विदेशबाट आउनेको विवरण  वडा स्तरीय विवरण  तयार गरेको छ !
सरकारले घोषणा गरेको लकडाउनको १८ औ दिन आज आफ्नो कार्य प्रगती सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले यो जानकारी सार्वजनिक गरेको हो  ।
कार्यालयको आधिकारिक फेसबुक पेजबाट जारी उक्त विज्ञप्तिमा
चैत्र महिनाको पहिलाे हप्तादेखि भारत लगायतका विभिन्न मुलुकहरुबाट यस जिल्लामा आएका मानिसहरुको कुन देशबाट,  कहिले,कुन मार्ग भएर,अहिले  बसीरहेको स्थान, निजको स्वास्थ्य अवस्था लगायत कुराहरु समावेश भएको विस्तृत विवरण वडागत रुपमा तयार पारीएको उल्लेख छ । हालसम्म यस्तो मानिसहरुको संख्या तीन सय ३९ रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
साथै विदेशबाट आएका तथा शंकास्पद व्यक्तिहरुलाई छुट्टै राख्नको लागि जिल्ला सदरमुकामका साथै स्थानीय स्तरसमेत क्वारेन्टाइन निर्माण गरी संचालनमा ल्याइएको र नारायणी अस्पतालमा आइसोलेशन वार्डमा बेड विस्तार गरी २५ बेडको बनाइएको.विज्ञप्तिमा बताइएको छ   ।
स्वास्थ्यकर्मीहरुको लागि PPE लगायत कोभिड १९ बाट बच्न सुरक्षा उपकरण र सामाग्री नभएको कारण देखाई संचालन गर्न भने तयार नभएका ।
   यसैगरि नारायणी अस्पतालमा एएभ् २४० सेट रहेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट PPE २५० थान खरिद गरिएको छ । यसैगरी सेनेटाइजर, मास्क, साबुन लगायतका अन्य सामाग्रीहरु आवश्यकता अनुसार खरिद गरी व्यवस्थापन गर्ने गरिएको छ ।
जिल्लामा  मौजुदा एम्बुलेन्सहरु मध्ये नारायणी अस्पताल र आशाराम अस्पतालको एम्बुलेन्स एक एकवटा गरी दुइवटा एम्बुलेन्सहरुलाई COVID-19 Friendly Ambulance को रुपमा तयार गरीएको छ ।
कोभिड १९ को नाममा हुने राहत वितरणलाई व्यवस्थित बनाउन कुनै पनि व्यक्ति वा संस्थाले उपलब्ध गराउने राहतलाई जिल्ला विपद् व्यवस्थापन समिति वा स्थानीय विपद व्यवस्थापन समितिसँगको समन्वयमा मात्र वितरण गर्ने व्यवस्था मिलाइएको पनि.विज्ञप्तिमा उल्लेख  छ ।
चैत्र २८ गते दिउसो १ बजेसम्म विभिन्न पालिकामा गरी जम्मा १२४९ जना व्यक्तिहरुलाई राहत वितरण गरिएको डदेखिन्छ । राहत वितरणको परिमाण हेर्दा चामल १०६ क्विन्टल, दाल १० क्वीन्टल, नून १२ क्वीन्टल, खाने तेल ८०० लिटर, आलु २३ क्वीन्टल, साबुन ७११ वटा वितरण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
ब्यापक जनचेतना कार्यक्रम ,नेपाल भारतबीचको सीमाबाट मानिसहरुको आवतजावत नियन्त्रण
स्थानीय तह र सुरक्षा निकायहरुले आपसी समन्वय गरी
९लकडाउनको पालनामा जाेड एवं उल्लंघनकर्ताहरुलाई कारवाही :-
नेपाल सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि चैत्र ११ गतेदेखि घोषणा गरेको लक डाउनलाई कार्यान्वयन गर्नको लागि  निरोधात्मक तथा दण्डात्मक सबै उपाय अपनाइएको छ । लक डाउनको पालना गर्न गराउन टोल टोलमा माइकिंग गराउनेदेखि विभिन्न रुपमा प्रचार प्रसार गर्ने गरिएको छ । लक डाउनको घोषणा भएदेखि आजसम्म लक डाउनको उल्लंघन गरी आफूखुशी सडक, बाटोमा हिडिरहेका करिव १५०० जना जति व्यक्तिहरुलाई केहि समय नियन्त्रणमा लिई पुन लकडाउनको उल्लंघन नगर्ने शर्तमा सम्झाइ बुझाइ गरी छोडिएको छ । यसैगरी लकडाउनको उल्लंघन गर्दै बिना अनुमति चलाइएका १०३६ वटा सवारी साधनलाई जरिवाना गरिएको भने २८० वटा सवारी साधन अझै पनि नियन्त्रणमा राखिएको छ । लक डाउनको उल्लंघन गरेको कसुरमा ७ जनालाई संक्रामक रोग ऐन, २०२० अनुसार मुद्दा समेत चलाइएको छ ।