अब थप दुई साता धैर्य गरौं : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवन रक्षा सर्वाधिक महत्वको विषय भएकोले आगामी दुई साता धैर्य गर्न जनता समक्ष अपिल गर्नुभएको छ

कोभिड १९ भाइरसको बढदो संक्रमणका बिच मंगलबार पुर्वान्ह देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण स्थानीय स्तरमा सुरु भएकोले थप फैलिने क्रम बढ्न सक्ने खतरा रहेका औंल्याउँदै यस्तो आह्वान गर्नुभएको हो । कोरोना भाइसर नियन्त्रणका लागि सामाजिक पृथकीकरण सबै भन्दा प्रभावकारी भएको र त्यसका लागि लकडाउन अनिवार्य रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भयो ।
प्रधानमन्त्री ओलीले सबैको सहयोगले अहिलेसम्म कोरोना भाइरसको संक्रमण ९ जनामा सीमित राख्न सकिएको समेत उल्लेख गर्नु भयो।

साथै प्रम ओलीले कष्टका बावजुद ‘सरकारले थप गरेको ८ दिन लक डाउन अवधिमा पनि जनताको सहयोगका लागि आग्रह समेत गर्नुभयो ।