लकडाउन एक साता थपियो

कोरोना भाइरसको कहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन गत दुइसाता देखि गरिएको  लकडाउनसरकारले वैशाख ३ गतेसम्मका लागि बढेको । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमण स्थानीय स्तरमा फैलनबाट रोक्न    सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

आइतबार कनचनपुरमा एक जनालाई स्थानीय स्तरमा संक्रमण भएको पत्ता लागेपछि सरकारलाई लकडाउनको अवधि वढाउन सरकारमाथि दबाब थपिएको हो |