आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः           

आज २०७६ साल चैत २० गते
चैत्रशुक्ल  नवमी

तदनुसार अप्रिल २ बिहीबार

 लकडाउनको आज नवौं  दिन

 


आजको कोरोना अपडेट

नेपाल

नेपाल
कुल परीक्षण :१ हजार ६० जना
संक्रमण नभेटिएको : १ हजार ५५ जना
संक्रमण भेटिएको : ५ जना
निको भएको : १ जना
पृथक  राखिएका : ८७ जना (टेकु अस्पताल १० अरु प्रदेशमा कुल ७७)

स्रोत: कोरोना नियन्त्रण सम्बन्धि उच्चस्तरीय समिति

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा)

 कुल संक्रमण : 7 लाख 19 हजार  सय 6 जना 9

निको भएका: 
 1लाख 93 हजार 2 सय 59 
मृत्यु :   42 हजार  75 जना

Source:
Johns Hopkins Center for Systems Science and Engineering

आजको राशीफल ।

 

 

मेष राशि: धन लाभ
वृष राशि: नैराश्यता
मिथुन राशि: सुख
कर्कट राशि: चिन्ता बढ्ने
सिंह राशि: कार्य शिद्वि
कन्या राशि: नोकरीमा पदोन्नति
तुला राशि: शरीर पिडा
वृश्चिक राशि: विवादस्पद
धनु राशि: यात्रामा लाभ
मकर राशि: शत्रु नाश
कुम्भ राशि: यात्रामा कष्ट
मिन राशि: पारीवारीक समस्या

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

केही स्थानमा विहान हावा हुरी

तापक्रम

बढीमा : 27 डिग्रि सेल्सियस

घटिमा : 11 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 53
सूर्यास्त : साँझ ६ः २2

आज नेपालमा संस्थागत रुपले रेडियो प्रसारण सेवा सुरु भएको दिन
रेडियो नेपालको संस्थागत प्रसारण २००७ साल चैत २० गते यसरी सुरु भएको थियो ।

…………..मलाई तत्कालिन गृहमन्त्री विपिले पहिलो अप्रेलदेखि राजधानीबाट ब्रोडकाष्ट सुरु गर्नुपर्छ भन्ने अर्डर दिनुभयो । म वास्तवमा साह्रै अन्योलमा परेँ -“मैले भने मलाई यहाँ परिचय गराईदिने कोही पाउँछु की ?” उहाँले भन्नुभयो, “तिमी आफै खोज । ल अब जाउ”
जाँदा जाँदै मैले पनि भन्ने आँट गरेँ- “फस्ट अप्रिलमा नथालौं त्यो फूल्स डे हो” । “त्यसो भए सेकेन्ड अप्रिल” यति भनेर उहाँ अर्कै काममा लाग्नुभयो
एक दुई दिनमा मलाई एक्कासी विपि कोइरालाले आफ्नो अफिसमा बोलाउन पठाउनुभयो । म उहाँको अफिसमा पुगेँ त्यहाँ एक जना दाह्री पालेका मानिस बसेका थिए । दाह्री यसरी छाँटेको थियो कि मलाई लाग्यो उनी या त स्वीस हुन् यात चेकोस्लोभाकिया का कुनै व्यक्ति ………..विपिले अच्चम्म मानेर “उहाँ बालकृष्ण शमशेर । …………उहाँले तिमिलाई मद्दत गर्नुहुन्छ ।”
…………….एकदिन दिउँसो विराटनगरको प्रजातन्त्र रेडियोले ब्रोडकास्ट गर्यो – “भोलिको कार्यक्रम हामी काठमाडौंबाट प्रसारण गर्ने छौं विराटनगरबाट विदा हुन्छौं नमस्ते” । यो राजेन्द्र प्रसादको आवाज थियो ।
भोलिपल्ट अप्रेल २ का दिन प्रजातन्त्र नेपाल रेडियोले ब्रोडकास्ट गर्यो –“यो प्रजातन्त्र रेडियोको आवाज हो ४१ मिटर बैण्डमा हामी काठमाडौंबाट बोलिरहेका छौं ।”

स्रोतः रेडियो नेपालको सामाजिक इतिहास, मार्टिन चौतारी २०६१ मा प्रकाशित रेडियो नेपालको मुखपत्र झंकारमा २०६१ सालमा छापिएको तारणीप्रसाद कोइरालाको लेख