सरकारले कोरोना संक्रमण रोकथाम तथा उपचारमा आवश्यक उपकरण ल्याउने जिम्मा पाएको कम्पनीसँगको ठेक्का तोडेको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। महेन्द्र श्रेष्ठले उपकरण ल्याउने जिम्मा पाएको कम्पनीसँगको ठेक्का तोडिएको र पाँच करोड धरौटी रकम समेत जफत गरिएको जानकारी दिनुभयो ।
विभागले सुरुमा सुचिकृत १९ कम्पनी मध्ये तत्काल सामान ल्याउन सक्ने प्रतिबद्धता जनाएको आधारमा ओम्नी समुहसँग ठेक्का सम्झौता गरेको थियो ।
आकस्मिक अवस्थालाई मध्य नजर गरी बजार मूल्य भन्दा २० प्रतिशत महंगोमा ठेक्का सम्झौता ओबिसिआईले प्रतिवद्धता अनुसार १० प्रतिबत मात्र समान ल्याउन सकेको थियो उहाँले भन्नुभयो ।
महानिर्देशक श्रेष्ठले सरकारले बिहीबारबाटै नयाँ ठेक्का प्रक्रिया अघि बढाइने जानकारी पनि दिनुभयो। बिहिबार जारी हुने ठेक्का सूचनामा पनि ३ दिनको ठेक्का सूचना निकाल्ने र पाँच दिनभित्र समान ल्याईसक्नुपर्ने सर्त राखिएको पनि उहाँले बताउनुभयो ।
एउटा गाउँ पालिकामा ५० भन्दा बढी बिरामी भेटिएको अवस्थामा अहिलेकै परीक्षण प्रणालीले काम नगर्ने भएकोले तत्काल स्वाव परीक्षण गरी नतिजा दिलाउनका लागि र्यापिड टेस्ट किट आवश्यक पर्ने पनि उहाँले बताउनुभयो
प्रतिक्रिया