कोभिड–१९ भाइरस पछिल्लो समय नेपालीको आगमन चुलिएको स्थान न्युजिल्याण्ड पनि लक डाउनमा छ ।
प्रकोपले आफ्नो कार्यथलो लगायत सबै ठाउँमा बन्द हुन तालेपछि त्यसको प्रत्यक्ष मार भने कमाउँदै पढने भनेर त्यहाँ पुगेका नेपाली विद्यार्थीलाई हुन थालेको छ ।
लगातारको बन्द र सून्य आम्दानीका कारण कोठा भाडा तिर्न र घरायसी खर्च जुटाउनै जटिल हुँदै गएको छ । लक डाउनअवधिमा विधार्थीहरुका लागि अनलाइन कक्षाहरु चलाइए पनि अति आवश्यक पर्ने र खाद्यवस्तु बाहेकका अन्य सबै किसिमको बजार चार हप्तासम्म बन्द रहने निर्णय त्यहाँको सरकारले गरेको छ ।
न्युजिल्याण्डमा अध्ययनरत विधार्थी अनिश पोखरेलका अनुसार, “लक डाउन लम्बिए अरु नेपाली विधार्थीलाई कोठा भाडा तिर्न र खान बस्नकै लागि समेत निकै अफ्ठ्यारो झनै थपिदै जानेछ ।
अनलाइन पढन पाइए पनि त्यो कक्षा शिक्षण जस्तो प्रभावकारी हुन नसक्ने भनाई विद्यार्थीको छ अकल्याण्डमा सूचना प्रविधि व्यवस्थापन अध्ययनरत अजय महतो भन्नुहुन्छ, “अनलाइन कक्षामार्फर्त अध्ययन गर्दा कक्षामा शिक्षकको प्रत्यक्ष अगाडी बसेर पढेको जस्तो नहुने मात्र होइन प्रयोगात्मक कक्षा लिनसमेत मिल्दैन” ।
त्यसो त न्युजिल्यान्ड सरकारले यसअवधिमा आंशिक समय काम गर्ने विद्यार्थीहरूलाई तीन सय पचास र पुरै समय काम गर्ने लाई पाँच सय पचासी न्युजिल्यान्ड डलर दिने निर्णय गरे पनि त्यो सहयोग कम्पनिमार्फत दिइने भएकोले कहिले पाउने भन्ने निश्चित नभएकोले अझै अन्यौल कायम रहेको उहाँले बताउनु भयो ।
महतोका अनुसार, “ पारिश्रिमक भन्दा पनि ठूलो समस्या भनेको भिसा हो, कुनै विद्यार्थीको भिसा दुई जुलाई भन्दा पहिले समाप्त हुन्छ भने सेप्टेम्बरसम्मका लागि थप हुनेछ तर जुलाई महिना पछि समाप्त हुने भिसा भने विद्यार्थीले आफ्नै पहलमा दुई महिना वा एक महिना सम्म थपि सक्नुपर्छ र त्यसका लागि महँगो शुल्क अथात् तीन सय बीस डलर तिर्नु पर्छ ।
तीन सय ५० डलर रकम आंशिक समय काम गर्ने विद्यार्थीको एक साताको तलब हो । विद्यार्थीले भिसाको निरन्तरताका लागि मात्र भए पनि पढनुपर्ने र कोष देखाउनुपर्ने आदि सबै काम गरेर भिसा लगाउँदा खाना र बस्नका लागि पैसा बचत नहुने र अन्त्यमा घरबाट माग्नुपर्ने अवस्था आउने हुन्छ । यस्तो समस्या
प्रायः भर्खरै आएका विद्यार्थीलाई पर्ने सम्भावना धेरै छ । उनीहरु कतै काम गरिरहेको समेत नदेखिने हुनाले सरकारले घोषणा गरेको राहत प्याकेज पाउने सम्भावना समेत छैन
अर्कोतर्फ लक डाउन सुरुभए पछि सबै किरानाहरु र सुपरमार्केट लगभग रित्तिदै हुदै छन् । हामीलाई दुई भन्दा बढी वस्तुहरू खरीद गर्नसमेत अनुमति छैन् । जे जस्तो भए नि नेपालीहरु न्युजिल्याण्डमा सुरक्षीत नै छन्” ।
गैर आवासीय नेपाली संघ, न्युजिल्याण्डका अध्यक्ष लाल बहादुर केसिका अनुसार कोरोना महामारीका कारण २६ मार्चबाट लक डाउन भएको न्युजिल्याण्डका नेपाली विद्यार्थीका लागि सरकारसँग विभिन्न विश्वविद्यालय र कलेजहरु सँग नेपाली विधार्थीहरुलाई रेखदेख गर्न पहल गरिएको छ । नेपाली विद्यार्थीका लागि खानाको व्यवस्था गर्न गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका सदस्यहरुले प्रत्यक्ष असर परेका नेपाली विद्यार्थीलाई पाँच सय न्युजिल्याण्ड डलर दिने व्यवस्था गरेको पनि उहाँले बताउनु भयो ।
त्यहाँका एनआएन सदस्यहरुले आपना तर्फा बाट न्युजिल्यान्ड आपतकालिन कोषमा दश हजार न्युजिल्याण्ड डलर सयोग गरेका छन् ।
प्रतिक्रिया