जहाँ छौ त्यहीँ बसः अभिभावक मार्फत पैसा पठाउँला

सरकारले विदेशका नेपाली विद्यार्थीलाई भन्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले अध्ययनका लागि हाल विदेशी भूमिमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक खर्च अभिभावकमार्फत पठाउने व्यवस्था गरिने निर्णय गरेको छ ।

यो पनि पढनुहोस्:

काम गर्नै पाइएको छैन, खर्च कसरी जुटाउने ?

अधिकांश गन्तव्यमा प्रकोप विस्तार भएकाले लकडाउन भएका कारण विदेशी भूमिमा पढन गएका नेपाली विद्यार्थी अलपत्र पर्न थालेको समस्यालाई सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा आइतबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्र बैंकमार्फत आवश्यक रकम पठाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

‘अहिलेका लागि हाल रहेकै स्थानमा सुरक्षित तवरले रहन र स्थिति सामान्य हुँदै गएपछि स्वदेश फर्काइने निर्णय भएको छ’, बैठकपछि संचार कर्मीहरुलाई दिइएको जानकारीमा उल्लेख छ । यद्यपी निर्णयमा अभिभावकले रकम पठाउने अवस्था नभए वा अभिभावक राष्ट्र बैंकले तोकेको स्थानमा आउन नसकेको अवस्थामा के गर्ने भन्ने उल्लेख छैन ।
बैठकले हाल भइरहेको अन्तर्राष्ट्रिय उडान स्थगनलाई आगामी अप्रिल १५ सम्मका लागि लम्व्याउन सिफारिस गर्ने निर्णय पनि गरेको छ ।