मान्छे नै एक मात्र त्यस्तो प्राणी हो, जसले अरु प्राणीको भोक पनि बुझ्छ र खुवाउन सक्छ । थुपै त्यस्ता पशुपन्छिको नाम लिन सकिन्छ, जो मानिसले उपलब्ध गराएको आहराको भरमा प्राण धानीरहेका छन्
कोभिड १९ सिर्जित महामारीका कारण देश लकडाउनमा छ अहिले । सबै घर भित्रै बस्ने घरभित्रै उपलब्ध खाद्यपदार्थ सेवन गर्ने । अरुबेला हतारले चाख्नसम्म नभ्याइएका परिकार रहर पुग्ने गरी खाने र त्यो फोटो सामाजिक संजालमा पोष्ट गरेर फैलाउने |
यति पनि नगरेर के गर्नु ? एकसाता अघिसम्म छिचोल्न कठिन भइरहेका सडकहरुले अहिले चकमन्न छन् । कतै बाहिर निस्किएर टहल्ने अवस्था सम्म पनि छैन् ।
हाम्रो दैनिकी यस्तो बनिरहेको बेला अधिकांशतः मानिसले नै दिएका, फँ्याकेका वा पोखेका खानेकुरा खाएर प्राण धानीरहेका प्राणीहरुको हालत के होला ?
मानव जीवनमाथि खतरा आइपरेकोबेला पशुपंक्षीतर्फ सबैको ध्यान जान नसक्ने भए पनि पशुस्वास्थ्य, हित र अधिकारको क्षेत्रकी अभियन्ता प्रमदा शाह खुल्ला आकाशमुनी जीउने जनावरको अवस्था प्रति चिन्तित हुनहुन्छ ।
किनकी शहरका चोक चोक र गल्लीमा डुलेर प्राण धान्ने कुकुर, गाई गोरु लगायतका जनावरमात्र होइन चराचुरुंगीको पनि आहराको मान्छे र मान्छेको दैनिक गतिवधि नै हो ।
त्यो मान्छे नै घर भित्र थुनिएको अहिलेको अवस्थामा सडकका जनावरको औधि बेहाल हुन पुगेको उहाँ बताउनु हुन्छ ।
अरु त अरु मान्छेको भिड नहुने भएपछि मन्दिरमा आश्र्ति चराचुरुंगी, बाँदर र कुकुरसमेत भोकै पन थालेका छन उहाँ भन्नुुहुन्छ ।
सबैलाई अप्ठ्यारो परेको यो बेला निमुखा जनावर भोकै न मरुन् भन्नेतर्फ सबैको ध्यान जानुपर्ने धारणा उहाँको छ ।“
विगत तिस वर्ष देखि बौद्ध क्षेत्रमा बस्दै आउनु भएका रमेश लामाले दैनिक साँझ सात देखि आठ जना सम्म जनावरहरुलाई खाना दिदै आएकाे बताउनु भयो । पहिले बौद्ध आउनेहरुले ज जसो भए नि जनावरहरु र पशुपन्छिहरुलाई दिने गर्थे भन्ने अहिले बौद्ध क्षेत्रका जीवजन्तुहरुलाई एक टाइम खाना दिने कोइ नभएका बताए । उहाँले भन्ने हामीले सक्दो जीवजन्तुहरुलाई आफनो तर्फाबाट खाना दिन्दै छौ ।
“बौद्धनाथ क्षेत्र विकास समितिले यहाँ रहेका जीवजन्तुहरु नियन्त्रण गर्नु पर्यो कि त खानाको व्यास्था गर्नु पर्यो, अहिले खानाका पर्खाइमा बस्छन् जनावरहरु र पशुपंक्षी” लामाले बताउनु भयो ।
आफ् र आफ्नो संस्था एनिमल नेपालले के पहल गरेको पनि हो । तर यो एउटा सँस्थाले गरेर मात्र नहुने बरु हरेक टोलबासीले आआफ्ना ठाउँका आवाजविहीन पशुपंक्षीलाई खुवाउने तर्फ ध्यान दिन आग्रह गर्नुहुन्छ ।
अझ कुनै कारण घाइते भएका पशुलाई त अझ अप्ठ्यारो । त्यस्तो अवस्थाका पशुलाई उद्धार गर्न भने आफ्नो संस्थाको हेल्प लाइन ९८०१२२२३६२ नम्बरको राख्नुभएको छ शाहले ।
प्रतिक्रिया