यो विश्वव्यापी संकटलाई समेत एक अवसरको रूपमा लिँदै शिक्षाको नवीन सृजनामा लागेको संस्था कारखानाले घरमै बसेर पढन सकिने सामग्री तयार गरेर नि:शुल्क वितरण गर्न थालेको छ.
” यो अप्ठेरो घडीमा बालबालिकाको अध्ययनमा गतिरोध नआओस् भन्ने विद्यालय व्यवस्थापक तथा अभिभावकहरुको सुझावलाई लिएर हामीले केहि घर मै बसेर अनलाइन मार्फत उपयोग गर्न मिल्ने श्रोतहरु बनाएका छौँ, ” संस्थाले आज दिउँसो जारी गरेको प्रेस वक्तब्यमा उल्लेख छ ।”
केहि भिडियो, केहि लेख , केहि अन्तरवार्ता, केहि अनलाइनमा सिक्ने सामग्रीहरुको निर्माण तथा संकलन गरिएको समेत बताइएको छ ” यी सामग्रीहरु नानीबाबुहरुको घरमै बसेर सिकाईको लागि , विद्यालय व्यवस्थापक अनि शिक्षकहरुको सहयोगार्थ अनि आम जनमानसको भावनात्मक स्वस्थताकोमा केन्द्रित भएर निर्माण गरिएको छ । धेरै विज्ञहरु , विभिन्न श्रोतहरुसंगको सहकार्यमा कारखाना टिमले दिन रात गरी यो सबै सिकाईका श्रोत, अनि सिकेका अनुभवहरुको निर्माण गरेकाछौं” वक्तव्यमा उल्लेख छ
यो सबै अनलाइन र डिजिटल सामग्री www.karkhana.asia मा नि:शुल्क पाइने जानकारी पनि संस्थाले दिएको छ | साथै संस्थाले अरू अनलाइन र डिजिटल सामग्रीहरुको पनि संकलन गरेकाे छ ।
कारखाना नेपाली शैक्षिक संस्था र बालबालिकाहरुका लागि सिकाईका अनुभवहरू डिजाइन गर्ने संस्था हो । राजधानी काठमाडौंबाट पोखरा, विराटनगर, बुटवल, चितवन लगायत इंडिया, बंगलादेश, दुबई तथा अन्य दक्षिण एसियाली देशहरुमा पनि कारखानाका कार्यक्रमहरु फैलिएका छन्। ६० जना उस्तै विचारधारा भएका व्यक्तिहरूको टोलीले यो संस्था चलाउँदै आएका छन्। कारखानाले प्रत्येक हप्ता लगभग ६००० जना विद्यार्थीहरूलाई स्टीमका (STEAM-Science, Technology, Engineering, Arts & Design, Mathematics) कार्यक्रमहरू संचालन गरि, पढाई सामग्री (किट)का मध्यमबाट प्रभाव परिराखेको छ।
सन् २०१२ सालमा स्थापना गरिएको कारखानाको मुख्य उद्देश्य भनेको बालबालिकाहरूलाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिकाहरू देखाउँदै, केही बनाउदै पढ्न सिकाउने संस्था हो।
अहिले कोरोनाको महामारीको बेलामा PABSON, NPABSON संग सहकार्य गरी यो अनलाइन र डिजिटल सामग्रीहरु सबैको लागि नि:शुल्क उपलब्ध गराएका जानकारी पन् संसथाले दिएको.छ.|
प्रतिक्रिया