
जब सबैको अन्तिम आश भगवानको रहन्छन् । द्रौपदी वस्त्र हरण हुने समयमा सबैतिरबाट निराश भएपछि द्रौपदिले अन्त्यमा भगवान कृष्णलाई नै स्मरण गरेकी थिइन् । आज बिश्वको अबस्था एस्तै छ । कोरोनाले बिश्वमा यस्तो ठूलो प्रकोप लिएको छ कि सबै धर्मका धर्म गुरुहरुमा एउटा बिज्ञानले औषधि निकाले हुन्थ्यो भन्ने आस गरीराखेका छन् भने अर्को आस भगवानमा सुम्पीएका छन् ।
पाठकवृन्द यस लेखमार्फत म अहिले विश्वमै भयकारक बनेको कोरोना (COVID-19) को प्रकोप कैले सम्म रहन सक्ला र यो कसरी नियन्त्रणमा हुन सक्छ भन्ने बारे एउटा ज्योतिषीय विचार प्रस्तुत गर्दैछु ।
ज्योतिषशास्त्रको विद्यार्थी भएका नाताले धेरै व्यक्तिबाट “यो कोरोना कैले शान्त होला?” भन्नेे क प्रश्न उठेपछि मैले ज्योतिष शास्त्र एक पल्ट पल्टाँए । त्यहाँ जे देखियो, त्यहि शास्त्रका कुरालाई यहाँ जस्ताको तस्तै प्रस्तुत गर्दै छु । जसको सत्यतालाई गणितका प्रतिशतमा होइन केवल शास्त्रीय आधारको सत्यताको कसीमा हेरनुहुनेछ भन्ने ठानेर केही भन्न जाँदै छु ।
ग्रहावस्था विचार ;
1. जब २०७६ साल पुष महिनामा मुल नक्षेत्रमा रहेको धनु राशिको सूर्यलाई ग्रहण लाग्यो तब कोरोना रोगले बिस्तार लियो । एक पल्ट ग्रहण लागेपछी उक्त ग्रहणको प्रभाव ६ देखी ७ महिना सम्म रहनेछ भन्ने बिश्वास ज्योतिषमा रहि आएको छ । अर्थात २०७६ पुष १० गते लागेको ग्रहणको असर २०७७ साल असार १० गते सम्म रहन सक्ने अनुमान छ ।
2. २०७६ माघ १० गते (दृक शिद्वान्त गणीत अनुसार) जब शनि देव मकरमा प्रवेश गर्नु भयो उक्त समय देखी यो कोरोना रोग प्रचण्ड तरीकाले फैलीएको थियो ।
3. चैत्र १२ गते चैत्र शुक्ल प्रतिपदाको दिनमा जब संबत्सर फेरीन्छ तब २०७७ को राजामा बुधग्रहले प्रवेश गर्छन् भने २०७७ साल बैसाख १ गते सू
र्य ग्रह मेष राशीमा सर्ने हुनाले मन्त्रीको स्थान चन्द्रमाले लिने छन् । बुध बनस्पतिको कारक हुन् भने चन्द्रमा औषधि बिजको कारक ग्रह हुन् ।
4. चैत्र १७ गते बिहान ४:१० मा बृहस्पति ग्रह मकरमा प्रवेश गर्दैहुनुहुन्छ । जहाँ शनिलाई सान्त पार्नु हुन्छ र बृहस्पति २०७७ साल असार १७ गते पुन: आफ्नो धनु राशिमा आउनु हुनेछ ।
शास्त्रीय आधार :
(i) बृहत् संहिता अनुसार, “सम्बत्सरको राजा शनी ग्रह हुँदा प्रजामा पिडा, दुर्भीक्षय तथा रोग फैलीयोस्” भनी उल्लेख छ ।
– दूर्भाग्यबस २०७६ सालमा संम्बत्सरमा राजा शनिनै बिराजमान हुनुहुन्छ र हाल कोरोना रोगको प्रचण्ड प्रकोप देखीएको छ ।
(ii) शिघ्रबोधमा उल्लेख छ, “जब धनु राशीमा ग्रहण लाग्छ तब जीवहरुमा माछा र घोडालाई समस्या हुनेछ भने वैद्य तथा वैश्यहरु (व्यापारीहरु) लाई पीडा पर्ने छ । मिथिला वाशीलाई पीडा पर्नेछ ।”
– हाल कोरोना रोगको कारणले गर्दा वैद्य/चिकित्सक हरुलाई औषधिहरु बनाउन वा पत्ता लगाउन निकै कष्ट भैराखेको छ भने बिमारीहरुको एकाएक हस्पिटलमा घुँइचो लाग्न थालेपछि डाक्टरहरुलाई पनि चेक जाँच गर्न समय पर्याप्त नभएकोले तथा उनिहरुले पनि आराम नपाएकोले समस्या नै भएको परीस्थीती देखीन्छ । यो एक प्रकारको वैद्यलाई/डाक्टरलाई पिडानै हो ।
– कोरोनाको कारण अन्तरास्ट्रिय व्यापार व्यवसाय राम्रोरी फस्टाउन सकेको छैन जसको कारण व्यापारीहरूलाई पनि चिन्तित बनाएको देखीन्छ ।
– मिथिलावासी भनेको हालको नेपालको धनुषा जिल्लाको जनकपुरधाम हो । शास्त्रीको दृष्टिकोण बाट जनकपुरमा बस्ने मानिसहरूमा कुनै प्रकोप वा अशुभ पीडा पर्ने सङ्केत भने देखिएको छ ।
अब निर्णय ;
(i) २०७६ साल चैत्र १२ गते बुधबार जब सम्बत्सरको राजा फेरीन्छ साथै चैत्र १७ गते बृहस्पतिले शनिको प्रकोपलाई सान्ती गर्न मकर मा प्रवेश गर्नु हुन्छ र पुन: २०७७ असार १७ मा फर्केर आफ्नै धनु राशीमा आउनु हुनेछ । २०७७ साल बैसाख १ गते चन्द्रमा मन्त्रीको स्थानमा बस्नु हुनेछ । चन्द्रमा र बुध क्रमश: औषधि र वनस्पतिको कारक पनि हुन् । तेसैले यो बर्ष चैत्र १७ देखी २०७७ असार १७ गते सम्मको अबधिमा या त कोरोनाको सङ्क्रमण बिस्तारी हटेर सकिसक्ने छ वा भने कोरोनाको भ्याक्सीनहरु परीक्षणमा सफल भै बिस्तारै बिश्वमा उपलब्ध हुन्छ जसले कोरोना रोकथाम गर्न मदत गर्नेछ ।
विश्व सङ्कटको घडिमा छ । “हाम्रो देशमा कोरोना लागेको छैन, हाम्रो देशमा कोरोना लाग्दैन” भन्ने कुरा धेरै फैलीएको पनि छ। यसो भन्नू भन्दा सजक हुनु राम्रो हुन्छ । लाग्दैन भनेर कसैले १००% दावी गर्न सक्दैन । लागेपछी ज्यानलाई जोखीममा पार्नु भन्दा आफू सुरुमै सजक हुनु राम्रो हुनेछ । सबैको समय शुभ रहोस् …..
प्रतिक्रिया