महेन्द्र श्रेष्ठले बौध्दमा फार्मेसी संचालन गर्दै आउनुभएको तीस वर्ष भयो । अहिले आएर कहिल्यै नभोगेको समस्या भोग्नु परेको छ “न त ग्राहकको तिव्र माग बमोजिम बेच्ने परिमाणमा माक्स पाइन्छ; न त किन्न आउने ग्राहकलाई नभएको कुरामा चित्त बुझाउने अवस्था छ “, उहाँको भनाई छ |
एक महिनाअघि सम्म प्राय: बाइक चलाउनेहरूले मात्र खोज्ने माक्स किन्ने गरेकोमा अहिले हरेक मिनेटमा एकजना जस्तोले खोजिरहेका छन् | ग्राहकले सोझो जवाफ नपत्याउने मात्र होइन, कतिपयले “माक्स लुकाएको भए कारबाही गर्ने” समेत भन्न थालेपछि हात जोडेर ” छैन् हजुर” भन्नु परेको छ” श्रेष्ठको भनाइ छ । उहाँले नै विगतमा प्रतिबट्टा तीन सय रुपैयाँमा बिक्रि गर्नु हुन्थ्यो तर अहिले बिक्रिको लागि भन्ने मास्क नपाइएको अवस्था छ ।
बौद्ध क्षेत्रमा उहाँको मात्र होइन अरु धेरैको फार्मेसीमा यस्ता समस्या छ । यसको मुख्य कारण अहिले देखा परको कोरोना भाइरस हो ।
गत दुई महिना देखि सर्जिकल मास्क र सेनिटाइजरको अभावका कारण ग्राहकहरुलाई विश्वास दिलाउन निकै ग्राहो भइ रहेको अवस्था छ।
पहिले ग्राहकहरु मास्कको लागि थोरै मात्र मा आउने गथे भन्ने अहिले दैनिक ४० देखि ५० जना भन्दा बडि ग्राहकहरु सर्जिकल मास्क र सेनिटाइजरको खोजीमा आउने गछनर्् । हिमाल ड्रग्स प्रा.लि विगत एक वर्ष देखि कार्यरत्त रहनु भएका माया चौधरीले बताउनु भयो । चौधरीको अनुसार “ग्राहकहरुले मेडिकल भएर पनि मास्क छैन भन्ने हो? लुकाको छ होला देउ?, बक्स देखाउ नत्र कारभाइ गर्छु, कति त रिसाएर समेत् जाने गरेका छन् र साथै गाली नै गछनर््, मास्क छैन भन्ने अस्पताल बन्द गर नि भन्छन् कोहि र कति ग्राहकहरुले त धमकाएर पनि जान्छन् ।”
बजारमा कोरोना भाइरसका कारण केहि व्यत्तिहरुले कालोबजारी गरि रु.५० मा प्रति एक मास्क बिक्रि गरि रहेका छन् चौधरीले जनाएका छन् । त्यस कारण विभिन्न फार्मेसी सञ्चालन गदै आउनु भएको मास्क व्यापारीहरु विभिन्न खाले समस्या भोक्नु परेका छन् ।
यस्तै, बौद्ध क्षेत्रमा दश वर्षदेखि फार्मेसी सञ्चालन गर्दै आउनुभएका स्तुप फार्मेसीका फार्मासिष्टले कागजको मास्क अभावका कारण लुगाको मास्क बिक्रि गर्नु परेको बताउनु हुन्छ । उहाँको अनुसार कोहि ग्राहकहरु मास्क किन आउ छन् भन्ने एक बक्स नै लिन खोज्छन् त्यसै कारणले गर्दा बजारमा मास्कको अभाव भइ रहेको छ ।
भिगोर सुपर स्पेसियालिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि महाराजगञ्ज क्षेत्रमा विगत ढेर महिना देखि फार्मासिष्टका रुपमा कार्यरत्त दिपेन्द्र अधिकारीका अनुसार ९० प्रतिशत ग्राहकहरु कागजको मास्क र सेनिटाइजरको खोजीमा आउने गरेका छन् । मास्कको अभावका बारे सोध्ने पनि गरेको अधिकारीले बताउनु भयो ।
संतुगलका दिपक सुबेदीका अनुसार चाबहिल भरि खोज्दा पनि कागजको मास्क नपाइएको र कोरोना भाइरसको कारण मास्कको अभाव झैल्नु परेको बताउनु हुन्छ । राज्याले पनि कोरोना भाइरस बारे ध्यान दिनु पर्ने हो त्यसका साथै नेपालमा मास्क नपाए अरु देशबाट इम्पोर्ट गर्नु पर्ने उहाँले बताउनु भयो ।
प्रतिक्रिया