काठमाडौं, चैत ७: कोरोना कहरका कारण सिनेमा हल बन्द हुँदा त्यहाँ काम गर्ने मजदुर हास्नु कि रुनु ? रोगको डर त आफूलाई पनि छ । त्यसैले सरकारले अर्कोतिर बन्दभएको दिनको रोजी रोटी के गर्नु ?
सरकारी निर्णयअनुसार अहिले सिनेमा हलहरु बन्द भएका छन् । यसले संक्रमणको एउटा माध्यम कम भएको छ । तर मजदुरको चिन्ता भने काम विहिन दिनको ज्याला नपाइए के गर्नु ?
“यतिबेला सरकारले ल्याएको नयाँ नीति एकदम राुम्रो हो हामी जस्ता मजदुरलाई हलबन्द भएको समयको तलब दिए निकै सहज हुने थियो” सिटीसेन्टरस्थित विग मुभिज सिनेमा हलमा काम गर्दै आउनु भएका रवि आर्यलले बताउनु भयो ।
विगत ३ वर्षदेखि सहयोगी अपरेटरको काम गदै आउनु भएका आर्यलका अनुसार सरकारले बन्द गर्ने निर्णय गर्नुभन्दा पहिले नै सिनेमा हेर्न आउनेको संख्या उल्लेख्य रुपमा घट्दै गइरहेको थियो । अघिपछि हाउसफुल हुने सिनेमा हेर्नसमेत सरकारले बन्द गर्नुभन्दा अघिल्लो दिन १ सय पचास मात्र ग्राहकहरु आएका थिए ।
सरकारले कोभिड १९ भाइरसरको संक्रमणबाट जोगाउन सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्यूजियम, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ ।
सरकारी निर्णय आउनासाथ बैशाख १८ गते सम्मका सबै सिनेमा हल हरु रद्द गरिएको छ । निर्णय राम्रो भए पनि सरकारले एक्काइस यस्तो निर्णय लागू गर्नु अघि केहि समय दिएको भए व्यवसायीहरुले केही योजना बनाउने समय पाउने थिएँ भन्ने आर्यलको भनाइ छ ।
भिडहुने ठाउँ बन्द गरेर सरकारले रामै गर्यो अब त्यत्तिकै राम्रो सँग जनतासम्म पुग्ने गरी ठाँउ ठाँउमा स्वास्थ्य परीक्षण गर्नुपर्यो । सार्वजनिक स्थानहरुमा जनताले सजिलै मास्कहरु र सेनिटाइजर पाउने हुने पर्यो, उहाँको भनाई छ ।
राजधानीको पुरानो जयनेपाल हलमा विगत १६ वर्ष्देखि संचालकरहेका साङ दोर्जे तामाङगले पनि आजका दिनबाट सिनेमा हल बन्द गर्नु भएको छ।
हलिउड, बलिउड देखि कलिउडसम्ममा सिनेमा प्रदर्शन अहिले स्थगित भएका छन्। उहाँका अनुसार सिनेमा हेर्न आउने ग्राहकहरु हिजाका दिन सम्मा राम्रो सख्या रहेका र सरकारले ल्याएका निति सहि रहेको । सरकारले आफनो काम बाहेक बाहिर ननिस्कन भनेको छ । यस्तो समयमा मनोरज्ञञ्जन खासै ग्राहकहरुको ध्यान नरहने मात्र होइन, अहिले हामी सबैको मुख्य चासो स्वास्थ्य नै हो, उहाँको भनाई थियो ।
प्रतिक्रिया