“विदेशिएका नेपाली माथि कोरोना कहर”
विश्वभर फैलिएको कोभिड–१९ महामारी का कारण आफ्नो स्वास्थ्य जोखिमा रहक अष्टेलियामा भएको लक डाउनले विदेशीएका नेपालीलाइ कोठा भाडा र घरायसी खर्च जुटाउने चिन्ताले थालेको छ ।
अस्ट्रेलियाको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार अपरान्ह सम्ममा त्यहाँ २ हजार सात सय ९९ जनामा कोरोना भाइरस संक्रमित देखिएको छ भन्ने मृतकको संख्या ११ पुगेको छन् । पछिल्लो २४ घन्टामा मात्रै संक्रमित हुनेहरुको संख्या तीन सय ७६ रहेको छ ।
अस्ट्रेलियामा पढ्न गएकी नेपाली याग्जेंन ह्योल्मोले आफ्नो र त्यस्तै दुःख पाएका नेपाली विद्यार्थीको समस्या सम्बोधन गर्न अस्ट्रेलियाका लागि नेपाली राजदुतावासलाई गुहार लगाउनुभएको
।
सिड्नीस्थित एक पाँच तारे होटेलमा काम गरेर पढाइ तथा बसोबास खर्च जुटाउँदै आएकी उहाँ अहिले प्रकोपका कारण बरोजगार हुनुहुन्छ । खर्च नहुँदा कोठा भाडा तिर्नसमेत कठिन भएको सामाजिक संचालमार्फत घामछायाँसँग कुरा गर्दै उहाँले बताउनु भयो । अहिले अस्ट्रेलियामा सेनिटाइजर समेतको अभाव छ । पहिले १४ अस्टिेलियन डलर मा पामिअहिले चालीसदेखि साठी डलर पर्छ उहाँले बताउनु भयो । सरकारले लकडाउन गर्ने भन्ने सुनेको छु । पुरै सिड्नी लकडाउन भयो भने नेपाली विधार्थीलाई कोठाको भाडा तिर्न र खानसमेत् अप्ठ्यारो हुने अवस्था छ । त्यसका लागि सरकारले केहि थोरै मात्र सम्बोधन गरिदिए पनि ठूलै सहयोग पुग्ने पनि उहाँले घामछाँयालाई बताउनुभयो ।
यसैगरी अर्की नेपाली छात्रा निरु सुनुवार काम नभएका कारण आज भोलि कोठा मै रहन
परेकोले कोठाको भाडा तिर्न लगायतका आवश्यक खर्च जुटाउन कठिन भइरहेको बताउनु हुन्छ । आफूलाई चाहिने सामानकै जुटाउनै गाह्रो भएको बेला कसरी कोठाको भाडा तिर्ने ?, उहाँको प्रश्न छ ।
धेरै जसो नेपाली विद्यार्थी सिड्नीमा लकडाउन लम्बिए सामान्य स्थिति हुँदासम्मका लागि नेपाल आउन चाहन्छन् । यसका लागि १४ दिने क्वारेन्टाइन लगायतका व्यवस्था सरकारले गरिदिए हुन्थ्यो भन्ने धारणा पनि उनीहरुको छ ।

“पुरै सिड्नी लकडाउन भयो भने मेरा लागि स्वदेश फर्किनु नै सबै भन्दा राम्रो विकल्प हो” अर्की विद्यार्थी डेचेन लामा बताउनुहुन्छ । उहाँ अहिले सिड्नीमा अध्यन गर्दै हुनु हुन्छ । उहाँका अनुसार हामी नेपाली अध्यनका लागि आएका विद्यार्थी प्रकोपसँगै अभावबाट समेत पीडित छन्। सरकारसँग यति अनुरोध गर्नु चहान्छु लकडाउन भएको खण्डामा नेपाल आउन मिल्ने अवस्था मिलाउनु पर्यो कि त हामीलाई यहीँ बस्नका लागि केही सहयोग गरिदिनुहोस्, लामाको भनाई छ ।
प्रतिक्रिया