दिउँसै निदाए जस्तो ठमेल

व्यवसायीको दुःख, भाडा कसरी तिर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, चैत ५ : दिनभरी दौडने र रातमा पनि जागै रहने परिचय बनाएको ठमेल क्षेत्र अहिले दिउँसै सुते जस्तो देखिन्छ । पर्यटकको भिडभाड छैन र व्यवसायीको व्यस्तता पनि सून्यमा झरेको छ । विगत १० वर्षदेखि ब्रिलियन्ट टुर्स एण्ड ट्राभल्स् संचालन गर्दै आउनुभएका कृष्ण अधिकारीका अनुसार विगत दुई महिनादेखि व्यापार सुस्ताएको छ । ठमेल क्षेत्रमा उहाँको मात्र होइन अरु धेरैको व्यापार घटेको छ ।

यसको मुख्य कारण कोभिड १९ (कोरोना) भाइरस हो । यसको विश्वव्यापी प्रभावका कारण पर्यटकहरुको सङख्या निकै नै घटेको छ।
सन् १९९४ बाट पर्यटन क्षेत्रमा लागेका सरोज न्यौपाने गत दुई वर्ष देखि होटल रोयल सुइट संचालन गर्दै आउनुभएको छ । न्यौपानका अनुसार होटल व्यसाय अहिले डाउन भइ सून्य प्रतिशतमा झरेको छ । ठमेलको उराठ अवस्थाको असर उहाँको होटलमा सिधै पर्छ । उहाँको भनाई छ, तय भएका सबै बुकिंगहरु पनि रद्द भइरहेका छन् । सरकारले संकट व्यवस्थापनका लागि केही गरेको छैन् । ठमेलको पर्यटन व्यवसायलाई कोरोनाको कहरबाट सून्य प्रतिशत ब्याजमा कर्जा दिलाउँदै त्यसको सदुपयोगका लागि कडा नीति बनाए जनता सहयोग हुने थियो ।


व्यापार नभएका कारण कर्मचारीहरुलाई तलब दिन समेत समस्या छ । यस्तोमा आफूहरुसगँ २ ओटा मात्र विकल्प रहेको उहाँ बताउनुहुन्छ “ कर्मचारीहरुलाई बिदा दिने अथवा अथवा व्यवसाय बन्द गर्ने ।

रोमन हस्तकलामा काम गर्दै आउनुभएकी शोभा बस्नेतका सिजनमा दैनिक ६० प्रतिशतसम्म र अफ सिजनमा समेत २० प्रतिशत व्यापार चल्थ्यो । अहिले अफ सिजन भए पनि कोरोना कहरका कारण दैनिक बोनि समेत हुन् गाह्रो छ । बाटोमै कोही हिँडदैनन् कसरी होस् बोनी, उहाँको भनाइ छ।

ग्राहकहरु खासै आउँदन् र आएकाहरुले पनि सस्तो दरको सामान खोज्ने गछर्न्, ठमेल क्षेत्रमा ४ वर्षदेखि संचालन गर्दै आउनुभएको श्रीराम अधिकारीको अनुभूति छ । व्यापार नभएकोमा दुःख भन्दा पनि अब भाडा कसरी तिर्ने भन्ने चिन्ता उहाँको छ ।

ठमेल सम्भवतः देशकै सर्वाधिक भाडा दरभएको स्थान मध्ये पर्छ
ला बेला क्याफे एण्ड एव्का बार र होटल नर्थफिल्ड प्रा।लि मा लेखापालको कार्य गदै आउनु भएका मोहन गिरि २ वर्ष भयो । उहाँका अनुसार दैनिक पचास जनासम्म विदेशी पर्यटकआउने गरेकोमा अहिले दिनभरमा १० जना भेटनु ठूलो व्यापार हुन पुगेको छ ।