०१ चैत्र काठमान्डौ ः उमेरले जम्मा २२ वर्षको हुनहुन्छ उपत्यका कै पहिलो मटका चिया पसल हाँडी बिस्ट्रो एण्ड क्याफेका संचालक रवि पाण्डे ।
भक्तपुरको मुख्य बजार भित्र झोँछे चोकको कुनामा अवस्थित दुर्इ तल्ले पसल मटका चिया र हाडीको बिरयानिको लागि प्रशिद्ध छ ।
विद्यार्थीदेखि पर्यटक सम्मको घुँर्इचो लाग्ने हाँडी बिस्ट्रो एण्ड क्याफे बिहान ८ बजे देखि बेलुका ९ बजेसम्म खुल्ला रहने संचालक पाण्डे बताउनुहुन्छ । भारत हुँदै नेपालपसेको मटका चिया वीरगंज र जनकपूरमा लोकप्रिय छन् । विस्तारै पहाड उक्लिएको अझै उपत्यका कै पहिलो मटका चिया बेच्ने पसल भएको ग्राहकहरुले बताउने गर्दछन । तन्दुरमा पकाएको माटोको भाडामा दुध,चियापति र मसला हालेर आगोको ताप दिएपछि तयार हुने चियाको नाम तन्दुरी चिया हुने गरेको पाण्डेले बताउनु भयो । बिरयानी,चिया र तन्दुरी मटकामै पकाइने र मटका लाइ भोजपुरी भाषामा हाडि पनि भनिने गर्ने भएकोले पसलको नाम हाडि संग जोडेर राखिएको उहाले बताउनु भयो ।
आफूले पसल किन्नुअघि होटलको नाममा हाँडी जोडिए पनि हाडिमा भने परिकारहरु नपकाइने गरेको पनि उहाँ बताउनुहुन्छ । मैले संचालन गर्न थालेदेखि नै यसको नामलाई सार्थकता दिने प्रयास थालेको हु ।ुु,उहाले बताउनु भयो । मटकाको परिकार संगै मस्म ,चाउमिन,पिज्जा ,बर्गर, चिकेन विन्ग्स पनि उपलब्ध रहेको उहाले बताउनु भयो । व्यस्त बजार संगै अवस्थित हाडि बिस्ट्रो एण्ड क्याफेमा ग्राहकहरुको चाप बढ्दै गएका कारण अब ७ जना कर्मचारीले ले पनि सेवा दिन नभ्याउने अवस्था आइपरेको छ । रविका अनुसार,ुु कोल्ड ड्रिंक्स ,कफी,कोल्ड चकलेटका साथै तुलसी ,केशर सहित अर्गानिक खानेकुराको व्यवस्था पनि छ।ुु
विमाको सिकारदेखि कतारको जागिरसम्म
विसं २०५४ वैशाखमा नवलपरासीमा जन्मिएका रविको १० कक्षा सम्मको पढाइ नवलपरासी मै भयो पछि उच्च शिक्षाका लागि पद्मोदय क्याम्पस रामशाहपाठ,काठमाडौँमा विक्रम सम्बत २०७१ सालमा भर्ना भए । यहा यिनी व्यवस्थापन संकायमा १२ कक्षा सम्म अध्ययन पुरा गरेर विमा कम्पनीमा सिकारुको रुपमा काम गर्न थाले ।
सानैमा बाबु गुमाएका रविले विमा कम्पनीबाट सन्तुष्टि नपाए खाना पकाउने तालिम लिनको लागि ४ महिना समय चक्रपथको एक होटेलमा व्यतित गरे । तालिम पछि फुफु दिदिको सहयोगमा खाडि मुलुक कतारको एक होटेलमा काम गर्न पुगे ।
कतारमा खाना खानसमेत समय नमिल्ने गरि गरिने काम गर्नु पर्दा स्वदेशको सार्है याद आइरहने र १३ महिना पछि नै अनुबन्ध सक्नु भन्दा अगावै ४ लाख कमाइ गरि नेपाल फर्के । सन् २०१८ डिसेम्बर २८ को दिन नेपाल फर्केका रविले विदेश भोगाइलाई सिपको रुपमा प्रयोग गर्दै नेपाल मै चिया पसल थापेर बस्ने तर फेरी विदेश नजाने संकल्प गरे। प्रविधिको प्रयोग गर्दै जादा हाडि पसल बिक्रीमा रहेको कुरा थाहा पाएर फेरी फुफु दिदीको सहयोग लिन पुगे ।
उपत्यका जस्तो प्रतिस्पर्धा रहेको ठाउमा व्यवसाय सुरु गर्नु आफैमा ठुलै चुनौती रहेको थाहा हुँदा हुदै पनि हात हाले ।९ लाख लगानीमा सुरु गरेको पसलमा पछि १ जना साझेदार राखेर ७ जनालाई रोजगार दिन सफल रहेका छन् रवि पाण्डे ।
प्रतिक्रिया