काठमाडौं, फागुन १४ : अबको करिब दस दिनपछि अन्तर्राष्टिय उडानबाट त्रिभुवन विमानस्थलमा ओर्लिने यात्रुहरुले निकै फरक अनुभव गर्नेछन् । किनकी त्यसपछि यात्रुले अहिले जस्तो विमानबाट ओर्लिएर अध्यागमन प्रक्रिया सके पछि ‘के गरौं र कता जाउँ ?’ भन्नुपर्ने छैन । अध्यागमन प्रक्रिया सकिए लगत्तै करिब ८० मिटर लामो अत्याधुनिक भूमिगत मार्गबाट सोझै ट्याक्सी स्ट्याण्डमा आइपुग्ने छन् । जहाँबाट आ–आफ्नो गन्तव्यतर्फ लाग्न यात्रुलाई पहिलेभन्दा निकै सजिलो हुने छ ।
विमानस्थलभित्र निर्माणको अन्तिम चरणमा पुगेको ‘अराइभल वाक वे’(आगमन पैदल मार्ग)ले यस्तो सुविधा दिन लागेको हो । सुरुङमार्ग सहितको यो वाक वेले नेपालीलाई विदेशी विमानस्थलको ससानो झझल्लको मिल्ने छ । अध्यागमनको काम पछि यात्रुहरु हिडने यो मागर्मा मार्बल विच्छ्याइएको भुइँ र लाइटहरुले सजाइएका भित्ताहरु हुँद त्यो मार्गमा विमानबाट भर्खर ओर्लिएका यात्रुहरु हिँडने छन् । यसरी बाहिर निकिँदै गर्दा उनीहरुलाई चाहिने सिमकार्ड, होटल आरक्षण, उपहार पसल, पैसा विनिमय, सूचना केन्द्र, ट्राभल एजेन्सी, भोजनालय ए.टि.एमका काउण्टबाट चाहिएको सुविधिा लिन सक्नेछन् । यसका साथै नेपालका घुम्न आएका पर्यटकहरुले युनेस्कोले विश्व सम्पदाहरुको झलक पाउने छन् ।
त्रिभुवन विमानस्थलका सुचना अधिकृत तेज बहादुर पौडेलका अनुसार पार्किङ लोड तल्ल भएका कारण अन्तर्राष्ट्रिय यात्रुहरु त्रिभुवनविमानस्थलमा आगमन हुर्दा भिड हुने गरेका र हिडेर टयाक्यसीको खोजीमा पार्कि लोड सम्मा पुग्र्दा यात्रुहरुले निकै नै कठिनाइ भौग्नु परेका, भिड हुने गरेका कारण अन्तर्राष्ट्रिय स्तरको आगमन पैदल मार्गको निर्माण कार्य भइरहेको बताउनु भयो ।
उहाँका अनुसार अब अन्तर्राष्ट्रिय यात्रुहरुले पहिलाको जस्ता कठिनाइहरु भोग्नु नपर्ने र नेपाली सास्कृतिक झल्किने जस्ता चित्रहरु राखिने बताउनु भयो । ‘मौसमलाई ध्यानमा राखी यो मार्गलाई एसि जडान गरी वातानुलित बनाइने छ’, उहाँले थप्नुभयो ।
त्रिभुवनविमानस्थलमा विगत सात महिनाबाट आगमन पैदल मार्ग कार्य भइरहेको छ । निर्माण कार्य यहि मार्च १५ तारिख सकिने मिति रहेको निर्माण ठेक्का लिएको आइ.एम.यस कम्पनीका ठेक्केदार रवि केदियाले बताउनुभएको छ । केदियाका अनुसार मौसमका कारण समय अवधी घटबढ हुन सक्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय यात्रुर पर्खाइमा आउनेहरुको सहजताका लागि बनाइने आगमन पैदल मार्ग १२० जना कामदारहरु बिहान ७ बजे देखि रातिको ७ बजे सम्ममा काम गर्दै आएका साथै ५ जना डिजाइनर र ईन्जिनियर पनि रहेका केदियाले बताउनुभयो । अन्तर्राष्ट्रिय यात्रुहरुले अध्यागमन प्रक्रिया सकेर आगमन पैदल मार्ग हुदै बाहिरिने प्रावधान रहेको उहाँले बताउनु भएको छ ।
आगमन पैदल मार्ग निर्माण कार्य लगभग ९० प्रतिशत सकिनुका साथै बाँसहरु र सर–सफाईको मात्र बाकी रहेको मोहन कुमार परियार सहायक पुलिस अधीक्षक–आरटीडीका प्रशासक प्रबन्धकले बताउनु भयो ।
कुन्ने बेला आफनो सामानको लागि एक घण्टा सम्म पख्र्निु परेको तर अहिले छिटो भएको र विमानस्थलको सेवाहरुमा सकारात्मक परिवर्तन भएको महशुस गरेको बताउनु हुन्छ । मलेशियाबाट आफनो कामको अनुबन्ध सकाइ आउन ुभएका लाभि कुश पल ।
प्रतिक्रिया