फाल्गुन २८ काठमान्डौ
सार्वजनिक यातायात भनिए पनि शहरमा गुडने बस, माइक्रो आदिमा  व्वयसायी, चालक र परिचालकहरूको निजी  राज चल्छ
उनिहरूले जसरी व्यवस्था गर्छन् त्यसरी नै यात्रुले चल्नु पर्छ चाहे त्यो जतिसुकै कष्टदायी र राज्यको सार्वजनिक यातायात नीति विपरित किन नहोस् !
      सिट भन्दा बढी यात्रु बोक्ने,महिला सिटमा पुरुष राख्ने,बढी भाडा लिनु,सिट क्षमता भन्दा बढी यात्रु बोक्ने,यात्रुहरु संग दुर्व्यवहार गर्नु,आफ्नै मनपरी समयले सवारी गुडाउने जस्ता थुप्रै कुकर्म सार्वजनिक सवारीमा हुन्छ !
उनिहरूको मनोमानी  सहेर चुपचाप यात्रा गर्न बाध्य छौं, यात्रु  विदयालाल साह बताउनु हुन्छ । अपवादका केही बाहेक उपत्यकाभित्र संचालनमा रहेका  सबै यातायातमा यात्रुले दुःख नै पाएका गुनासो सुनिन्छ।
त्यो भन्दा पनि दुःखको कुरा भने सर्वत्र रहेको यो समस्या थाहा पाएरै पनि जिम्मेवार निकायहरू ठोस कदम चाल्दैनन् बरू एकले अर्कोलाई दोष पन्छाउँदै बस्छन् . केही निकाय काम गरिरहेको दावी गर्छन् तर सडकमा यात्रुको पीडा जत्तिको त्यतिनै छ
बालकुमारी,कोटेश्वर,बानेश्वर, पुतलीसडक,बालुवाटार,महाराजगंज हुदै गोपी कृष्ण  सिनेमा हल चल्ने सवारीहरुमा यस्ता समस्याहरु ब्यापक भ्बोग्नु पर्ने यात्रा अनुभव बटुलेका गौतम पटेलले बताउनु भयो । बल्खु देखि कीर्तिपुर – पाँगा चल्ने सवारीमा पनि यहि समस्या भोग्नु परेको विधार्थी नविन कुमारले बताउनु भयो। आरक्षण नामले महिला सिट, अपाङ्ग (विशेष क्षमता भएका ) ,जेष्ठ नागरिकहरुका लागि छुटै सिटको व्यवस्था  गर्न यातायात व्यवस्था कार्यालयले नै निर्देशन दिए पछि प्रयोगमा आएको हो तर पछिलो समय यी सेवाहरु प्रदान गर्नबाट यातायातवालाहरु पछि हददै गएका हुन् ।
 
” यसलाइ  रोकथाम गर्न आफुहरुले लिखित रुप मै ट्राफिक प्रहरीलाई  चिठी पठाइसकेको” यातायात व्यवस्था विभागका सूचना अधिकारी तिर्थराज खनालले बताउनु भयो यता उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले अधिकार प्रत्यायोजन मात्रै भएको  बताउनु भएको छ ।
यातायातले गर्ने गरेको मनोमानिलाई रोकथाम गर्ने आधिकारिक निकाय यातायात व्यवस्था विभाग भने आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको श्रेष्ठले आरोप लगाउनु भयो । ट्राफिकलाई अधिकार दिएर जवाफ देहि बनाए पनि मनलागेको बेला आफै अनुगमनमा गइदिनुलाई यातायात विभागले चतुराइ गर्नेगरेको श्रेष्ठले बताउनु भयो । यातायातमा हुनेगरेको दुर्व्यवहार,आरक्षण सिटकोक सदुपयोग,बढी भाडा ,क्षमता भन्दा अधिक यात्रु बोक्ने जस्ता मनोमानीलाइ नियन्त्रण गर्दै गएको तर सुधार हुन् अझै समय लाग्ने ,श्रेष्ठले बताउनु भयो ।यातायात व्यवस्था विभागले छुटै सवारी तथा यातायात व्यवस्था नियमावली – २०५४ तयार गरे पनि उक्त नियमावलीलाइ कुनै महत्व नदिदै आफु खुशी यातायात संचालन गर्दै आएका गौतमले बताउनु भयो । नियमावली अनुसार बसमा चालक सहित २६ जना देखि ५६ जना सम्म ,जिप,भ्यान र माइक्रो बसमा चालक सहित बढीमा १४ जना सम्म ,मिनीबसमा चालक सहित १५ जना देखि २५ जना कार र ट्याक्सीमा चालक सहित ५ जना सम्म र मोटरसाइकल तथा स्कुटीको हकमा बढीमा २ जना सम्म बस्न मिल्ने गरि उल्लेख रहेको छ ।

प्रतिक्रिया