फाल्गुन २७ : पात्रो हेरेर भन्ने हो भने तराई भेगमा आज अर्थात् मंगलबार खेलिनु पर्ने थियो तर अधिकांश तरिका वस्तीहरुमा आज होली खेलिएन र यो वर्षको पर्व भोलि बुधबारका लागि सारियो ।
यसको कारण अरु होइन होलीको रंग भन्दा खानपिनको ढङ्गलाइ धेरै महत्व दिइएकोले गर्दा हो । होली पहाडमा जस्तो एक दिनको रंग खेलिने पर्व मात्रै नभएर सकेसम्म उल्लासपुर्वक र मिष्ठान भोजन गरेर मनाइने वर्ष भरिका ठुला चाड मध्ये एक हो । त्यसैले तराइको होलीमा थरिथरिका मीठा खानेकुराहरु थरिथरिका रंग जतिकै महत्वपूर्ण हुन्छन् । त्यसैले होली खेल्न कुनकुन रंग जुटाउने भने मात्रै होइन, पुवा,खीर,सेल र पकौडि जस्ता परिकार मध्ये के के बनाउने भने कुरा पनि तराइ होलीको एउटा विषय हो ।त्यस भन्दा पनि बढी महत्व त् मासुले पाउछ । जसरि पहाडमा बडा दशैं मासु बिना खल्लो हुन्छ । ”मासु नखाई त् होलीको रंग नै चढ्दैन” वीरगंजका संचारकर्मी कृष्णा श्रीवास्तवको भनुहुन्छ ।
यसरि होलीमा रंग चढाउने मासुको परिकार बनाउने कुरामा कुनै कुनै वर्ष बार बाधक बन्ने गरेको छ ।अर्थात् आइतबार,मंगलबार र विहिबार तराइको होली परिदियो भने मासुको रंग बिनाकै होली मनाउनु पर्छ जुन विशेषत:श्रीवास्तव जस्ता युवाहरुलाई खल्लो हुने गर्छ ।त्यसैको समाधानका लागि यस वर्ष तराइका अधिकांश भागमा बुधबार होली खेलिदै छ। यसरि शाकाहार बस्नु पर्ने दिन छलेर होली मनाउदा मासु,मदिरा र भाङ्ग सहित उच्चस्तरको रौनक सहित होली मनाउन पाइन्छ ।
पहाडको होलीमा रंगलाई महत्व दिने गरिने संचारकर्मी सिमा त्रितलले बताउनु भयो तर तराइमा भने रंग संगै खानाको परिकारलाई पनि त्यति कै महत्व दिने गरेको सुन्दर यादवले बताउनु भयो । मासु नखाने बार होलि परेको भन्दै तराइमा होलि मंगलबार नमनाइ बुधबार मनाउने तयारि हुदै गरेको राकेश अहिरले बताउनु भयो ।
पहाडमा तिथिलाइ पुजाको आधार मानिन्छ भने तराइमा बारलाई मानिने गरिन्छ । आइतबार सुर्यदेव,मंगलबार हनुमान र विहिबार विष्णु देवको पुजा गर्ने बारको रुपमा मानिन्छ। यी बारहरुमा तराइमा मासु जन्य परिकारको सेवन नगर्ने धार्मिक मान्यता रहदै आएको पुरुषोतम देव उपाध्याले बताउनु भयो । यस वर्षको होलि पनि मंगलबार पर्न गएकोले मासु खान नमिल्ने भएकोले तराइमा बुधबार होलि मनाउन लागिएको संचारकर्मी श्रीवास्तवले बताउनु भयो । पछिलो केहि वर्ष यता तराइको होलि मासु र भाङ्ग माथि केन्द्रित हुदै गएको छ । सप्तरीका चन्द्र यदुवंशी अनुसार मासु संगै पेय पदार्थको सेवन पनि गरिने र त्यो पेय पदार्थको सेवन मासु बिना स्वादहिन हुने भएकोले पनि मंगलबार होलि नमाइएको हो ।
त्यसै पनि क्यालेन्डरमा पहाड भन्दा एक दिन पछाडी मात्रै तराइमा होलि मनाइने निकै पुरानो चलन छ । यसरि पहाडमा एक दिन अगाडी र तराइमा एक दिन पछाडी होली मनाइनु , भौगोलिक विभिधताको कारण शताब्दी देखि नै चलिआएको परम्परा भएको संस्कृतिविद् रामदयाल राकेशले बताउनु भयो ।
मासु र मदिरा सेवन गर्न पाइदैन भनेर अझ एक दिन पर सार्नु गलत भएको राकेश बताउनु हुन्छ । ”परम्परा विपरित आफु खुशी होलि मनाउने दिन नै सार्नु रावण प्रवृति हो”, राकेशको भनाइ छ ।
२०७५ सालको होलि पनि मासु नखाने बार परेकोले एक दिन पछाडी मनाइएको थियो । यसरि होलि दुइ दिन मनाउन क्यालेंडरमै उल्लेख भए पनि तराइमा मासुलाई महत्व दिदै ३ दिन सम्म पनि होलि मनाउने गरिएको छ ।
होली पर्व नेपाल र भारतमा विशेष र प्रमुख चाडका रूपमा मनाइन्छ मनाउने गरिन्छ ।
हिरण्य कस्यपका पुत्र प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ आगोमा भष्म भएको किंवदन्ती छ । विष्णुभक्त प्रह्लादलाई त्यसरी जोगिएको र होलिका जलेको दिनको सम्झनामा होलिका दहन गरिन्छ जसलाई तराइमा समद नामले बुझिन्छ र त्यसको भोलि पल्ट होली पर्व मनाउन सुरू भएको मानिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ । पौराणिक मान्यता अनुसार होलीसँग श्रीकृष्णको पनि गहिरो सम्बन्ध छ ।
यो पर्वलाई राधा र कृष्णको प्रेमको प्रतीकको रूपमा हेरिने गरिन्छ । त्यसैगरी पौैराणिक कथाका अनुसार जब पुतना नामक राक्षसीलाई गोकुलमा जन्मेका सबै बच्चाहरूलाई मार्न गएको र आफै कृष्णको हात ले मारिएको सन्दर्भ पनि होलीको पौराणिक कहानीहरूमा उल्लेख गरेको छ ।
त्यो समयदेखि पनि होली पर्व मनाउने मान्यता सुरु भएको हो ।’
होली पर्वले वसन्त ऋतुको आगमनको शंखघोष समेत गर्दछ । होली पर्व मनाउनुको पौराणिक कारण माथि उल्लेख गरिए झैँ भएपनि योसँग जोडिएका फरक फरक ऐतिहासिक तथ्य रहेका छन् ।
भनिन्छ, होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासँग सुसम्बन्ध स्थापित गर्दछन् । होलि पर्वलाई तराइमा ‘फगुआ’ भन्ने गरिन्छ ।
प्रतिक्रिया