मातृभाषा भोजपुरीका नाटक हुँदै नेपाली मुलधारका नाटकसम्म अभिनय गरेर आफ्नो माझिएको अभिनय क्षमता प्रस्तुत गर्दै गरेका कलाकार हुनुहुन्छ अनिल कुर्मी । अभिनय, निर्देशन आदि सृजनाका सबै पक्षलाई तिर्खार्दै लैजाने क्रममा अहिले ुआल्तुफाल्तुु नामक भोजपुरी भाषाको वेभ सिसिज समेत उहाँले बनाउनु भएको छ । आफ्नो अभिनय यात्रालाई सकेसम्म माथिल्लो उचाईमा पुर्याउने उहाँको बाल्यकाल देखिको लगावले अब फल दिन थालेको छ । प्रस्तुत छ स् यसै सन्दर्भमा घामछायाँका जय यादवले उहाँसँग गरेको कुराकानी ।
यहाँको बाल्यकाल कसरी वित्यो र पारिवारिक पृष्ठभूमि कस्तो थियो ?
नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वाड न १७ महुवारीमा मेरो जन्म भएको हो । बुवा महेन्द्र कुर्मी र आमा सोमारी देवी कुर्मीको सन्तानका रुपमा म एउटा मध्यमवर्गीय परीवारमा जन्मेर हुर्केको हुँ । बाल्यकाल सामान्य रहे पनि सिकाईले भरीपूर्ण रह्यो । किनभने म सानै देखि कथा, कहानी सुन्ने गर्थे । मेरो हजुरबुवाले राती सुत्ने बेलामा मलाई कथा सुनाउदा म त्यसलाई कल्पना गर्थे । हजुरबुवाले म सानो हुदाँ सुनाउनुभएका कथाहरुले ममा कल्पना गर्न सक्ने क्षमताको विकास हुदैँ गयो । मेरो नाम नै बलिउड स्टार अनिल कपुरको नामबाट मेरो हजुरआमाले राख्नुभएको हो । पढाई पनि मेरा राम्रो थियो । म स्कूलमा प्रायः प्रथम स्थानमै हुन्थे त्यसकारण सबले मलाई माया नै गर्थे । मेरो सानै देखि फिल्ममा अभिनय गर्ने इच्छा थियो । घरमा पनि यसका लागि मलाई कही कतैबाट रोकटोक भएन ।
कलाकारीता क्षेत्रमा पहिलो पटक प्रवेश कहिले र कसरी पाउनु भयो ?
(म कक्षा ३ मा पढदाँ स्कूलमा एउटा नाटकको आयोजना गरीएको थियो । त्यसमा मैले पनि भाग लिएँ ,नाटकमा मेरो प्रस्तुती देखेर सबैजना चकित पर्नुभयो र सबैबाट मैले प्रोत्साहन समेत पाएँ त्यपछि अभिनयमा मेरो आत्मबल झन् बढ्यो । कक्षा ८ मा हुँदा स्कूल मै अनि कलेज पढने बेलामा एउटा सोलो नाटक र अर्को साथीहरु सँग मिलेर प्रस्तुत गरेँ त्यसको पनि राम्रै प्रतिकृया पाएँ । एक दिन अचानक कामले काठमाडौं आउनुपर्ने भयो । काठमाडौं आइसके पछि एउटा डबिङ स्टूडियोमा पुगे जहाँ मेरो भेट सरीता साह सँग भयो । वहाँ पनि कलाकारीता क्षेत्रमा हुनुहुन्छ । वहाँ त्यतीखेर नयन राज पाण्डे द्वारा लिखीत उपन्यासमा आधारीत नाटक ुलुूु को तयारी गर्दे हुनुहुन्यो र त्यस नाटकका लागि एउटा पात्रको खोजीमा पनि हुनुहुन्थ्यो । उतिखेरै वहाँले मलाई ुलुु नाटकमा एक पात्रको भूमिका गर्नको लागि प्रस्ताव राख्नुभयो । सायद म पनि त्यस्तै राम्रो नाटकमा भूमिकाको खोजीमा थिएँ, केही न सोची मैले त्यो पात्रको भूमिका निर्वाह गर्न स्वीकार गरेँ । मैले कलाकारीता क्षेत्रमा प्रवेश गर्नका लागि कही कतैबाट तालिम प्राप्त गरेको थिइन तर अभिनय गर्नका लागि भने म भित्र दृढसंकल्प थियो । त्यो मेरो कलाकारिता क्षेत्रमा पहिलो गहकिलो प्रवेश थियो । लुु नाटक काठमाण्डौँको मण्डला थिएटरमा मञ्चन भएको थियो र नाटकको रिहर्सल गर्ने क्रममा मैले धेरै ज्ञान प्राप्त गरे । त्यो नाटक मेरो जीवनमा महत्वपूर्ण पाटोका साथै उपलब्धिमूलक सिकाईको रुपमा सावित भयो ।त्यसपछि कलाकारीता क्षेत्रमा केही गरेर देखाउने , आफूलाई केही बनाउने आँट आयो । ुलुु नाटक पश्चात मैले संकल्प लिएँ कि अब जे सुकै स्थिती आओस् ठूलो कलाकार बन्ने सपनालाई कुनै पनि हालतमा टुट्न दिन्न । ुलुु नाटक सके ६ महिनापछि अन्य सफल नाटकहरु ुघोडचढीु ,ुकाशीदेवीु , ुएल आई जी पिक्नीकु जस्ता नाटकहरुमा अभिनय गर्ने मौका पाएँ । यसरी मेरो कलाकारिताले उकालो यात्रा सुरु गरेको थियो ।
भोजपुरी भाषाको पहिलो वेभ सिरीज बनाउने प्रयास गर्नु भएको रहेछ यो सबै कहिले र कसरि गर्नु भयो ?
साना ठूला सबै खालका नाटकहरुमा अभिनय गरिसके पछि आफूलाई र आफनो सिर्जनात्मक क्षमतालाई मूर्त रुप दिनु पर्छ भन्ने सोच अनुरुप भोजपुरी भाषामा वेभ सिरीज बनाउने आँट गरियो । यसैको फलस्वरुप मेरो पहिलो वेभ सिरीज ‘आल्तु फाल्तुु’ बजारमा आउँदै छ । यो वेभ सिरीज मेरो मातृभाषा भोजपुरीमा आउँदै छ । आफनो मातृभाषामा काम गर्नुको आनन्द नै छुटै हुन्छ।
यो वेभ सिरीज हास्यप्रधान रुपमा प्रस्तुत गर्न खोजेको छु । अहिले सम्म नेपालमा भोजपुरी भाषामा वेभ सिरीज बनेको छैन जस्तो लाग्यो किनभने मैले कही भेटाइन । नेपालमा उल्लेख्य संख्यामा भोजपुरी भाषीहुदाँ हुदैँ पनि भोजपुरी भाषामा वेभ सिरीज बनेको छैन त्यसकारण यो सबैका लागि नयाँ खुराक हुनेछ । आफनै माटो अर्थात नवलपरासी जिल्लाबाट यसको शुरुवात र ुआल्तु फाल्तुु वेभ सिरीजलाई प्रस्तुत गर्ने कोशिश गरेको छु । यस वेभ सिरीज हास्य व्यङगमा प्रस्तुत भए पनि यसमार्फत उठान गरीएका बिषयवस्तू निकै नै गम्भिर प्रकृतिका छन् ।
हसाउँदै आमजनमानसलाई गम्भिर सामाजिक मुद्दाहरुबारे सोच्न बाध्य बनाउने खालको छ । समाजमा व्यक्तिहरुमा सकारात्मक सन्देश दिनका लागि आल्तु फाल्तु वेभ सिरीज निर्माण गरीएको छ ।
कस्तो प्रस्तुति हो यो ुआल्तु फाल्तुु ?
आल्तु फल्तुुमा हास्यप्रधान ढंगले गम्भिर सामाजिक मुद्दाहरुलाई उठान गरीएको छ । व्यङगात्मक नाम ुआल्तु फाल्तुु लाई सामान्य अर्थमा उपयोगहीन ,काम न लाग्ने वा बेकार बुझिन्छ तर कहिले काँही बेकार बिषय वस्तुले पनि हाम्रो दिनचर्या अथवा जीवनमा परिवर्तन गरिरहेका हुन्छन् हामी महशुस न गरेको मात्रै हो । यस आल्तु फाल्तु वेभ सिरीजको आशय पनि ठीक त्यस्तै हो । आल्तु फाल्तुले समाजमा दीर्घकालीन रुपमा परिवर्तनको लागि सघाउँछ भन्ने विश्वास मेरो हो । यसका कलाकारहरु सबै नन प्रोफेसनल छन् किनभने मैले पुरै विषयलाई वास्तविक रुपमा प्रस्तुत गर्न खोजेको छु । मेरो धारणामा नन प्रोफेसनल कलाकारहरुले अभियन गर्दा वास्तविक दृश्य बाहिर आउँछ । ुआल्तु फाल्तुु वेभ सिरीज बुद्ध भुमी क्रिएसन र द कन्टेन्ट नेपालको सहकार्यका बनाइएको हो । मनोरञ्जनको माध्यमबाट समाजमा केही सुखद सन्देश दिने ुआल्तु फल्तुु वेभ सिरीजको कन्सेप्ट,स्क्रिप्ट,स्टोरी,निर्देशन मेरे आफनै हो ।सिनेमाटोग्राफी भूपेन चौधरी र नविन चापागाईको रहेको छ । कलाकारहरुमा अनिल कुर्मी, रामजी प्रजापति , मनिषा मलाह, बिनय पटेल, दिलीप पासवान ,अमिरक यादब, दिनेश गुप्ता, बसन्त कोहर महेन्द्र कोहर र खुस्बु खान रहेका छन् ।
अभियनबाट निर्देशन तर्फ मोडिनुको कारण के होला ?
अभियन मेरो लागि नशा जस्तै हो । यो म कहिले चाहेर पनि रोक्न सक्दिन तर मेरो मनमा खेलेका कुराहरुलाई बयान गर्ने अर्को कुनै राम्रो माध्यम मैले पाइन । अर्को कुरा मेरो कन्सेप्ट स्टोरीलाई निर्देश गर्ने व्यक्ति मेरो ठाउमा कोई न भएको कारणले गर्दा मैले आफै निर्देशन गर्नु पर्ने , आर्फ अभिनय गर्नुपर्ने अवस्था आएको छ । यो वेभ सिरीज मेरो लागि एकदमै अहम र महत्वपूर्ण छ । आफैले निर्देशन पनि, अभिनय र छायाँङकन गर्दा तनाब त हुन्छ तर मेरो लागि अहिलेको रेसीयोमा सिकाई र अनुभव एकदमै महत्वपूर्ण र आवश्यक छ ।
भविष्यमा अभियनतर्फ लाग्ने की निर्देशनतर्फ ?
मेरो सोच र इच्छा अभिनय तर्फ नै लाग्ने हो । भविष्यमा आफनो क्षमताको आधारमा काम गर्ने मौका पाएँ भने नेपाली, भोजपुरी , हिन्दी, साउथ र हलिवुड सम्मको चलचित्रमा अभिनय गर्नेछु । निर्देशन तिर लाग्न त्यती धेरै मन छैन ।ुआल्तु फाल्तुु भन्दा पहिला मैले आफनो निर्देशनमा र आफैले अभिनय गरेर लघु चलचित्र ुदगतु र म्यूजिक भिडीयो धिक्कार यो जिन्दगीु बनाएको छु र ुआल्तु फाल्तुु वेभ सिरीज जुन की मेरो पहिलो प्रयास पनि हो , मेरो लागि यो एकदमै नयाँ हो त्यसले समाजमा पनि एउटा नयाँपन ल्याउछ भन्ने ठूलो विश्वास , आशा र अपेक्षा रहेको छ । मलाई विश्वास छ यस नयाँ यात्रामा मलाई सम्पूर्णले साथ र सहयोग दिनुहुने छ ।
प्रतिक्रिया