गत बुधबार दोस्रो मृगौला प्रत्यारोपण पछि उच्चसतर्कता सहित पोष्ट अपरेटिभ वार्डमा राखिएका प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अपेक्षाकृत सुधार भईरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्
प्रमको स्वास्थ्यबारेको अध्यावधिक जानकारी दिन त्रिवि शिक्षण अस्पतालले बिहीबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाका अनुसार प्रमलाई आजबाट तरल र नरम खाना दिइएको छ
पत्रकार सम्मेलनमा प्रम ऒलीलाई आफ्नो एक मृगौला दिनुभएकी ओलीकी भान्जी समिक्षा संग्रौलाको स्वास्थ्य पनि स्थिर रहेको र उहाँलाई समेत आजबाट नरम र तरल खाना दिइएको जानकारी कार्यक्रममा दिइयो
प्रतिक्रिया