फागुन २०
काठमाडौं : निजी क्षेत्रको अन्तर्राष्ट्रिय विमान सेवा हिमालय एअरलाइन्स्ले आजदेखि ए ३१९–११५ विमान थप गरेको छ । संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा भित्र्याइएको यो विमानलाई संस्था अपरेसन उपाध्यक्ष क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका हुन् ।
लामो पखाईमा रहेको नयाँ विमान एमएसएन ९०२०,दर्ता नम्बर ९ एन–एजेके, १९ गते बेलुका २२ः२० मा विमानस्थलमा अवतरण गरेको यो नयाँँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्स्सँग तिन एअरबस ए३२०–२१४ र एक एअरबस ए३१९–११५ गरी चारवटा विमान भएको छ ।
एअरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमानन्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमानले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ ।
कुल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको यो विमानमा नयाँ र कुशल इन्जीन क्षमता रहेको छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ । हालै समावेश गरिएको यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्नेछ ।
हिमालय एअरलाइन्स्ले मध्यपूर्वी मुलुकहरुमा आफ्नो उपस्थिति बढाउँदै गएको सर्वविदितै छ । यो नयाँ विमान ए ३१९ थप गरेसँगै एअरलाइन्स्ले मध्यपूर्वी मुलुक र चीनमा आफ्नो बजार विस्तार समृद्ध बनाउने योजना रहेको छ । एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङले संस्थाले विमान थप गर्द आफ्नो क्षमता बढाउँदै जाने नीति लिएको छ । ‘यसै अन्तर्गत सन् २०२१ सम्म ए३१९ का दुईवटा विमान थप गरिनेछ’, उहाँको भनाई थियो ।
एअरलाइन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले, संस्थाले ‘क्षेत्रिय समृद्धिका लागि हवाई सञ्जाल विस्तार’ भन्ने हाम्रो प्रमुख सिद्धान्तलाई थप बल प्रदान गरेको
हिमालय एअरलाइन्स्ले सन् २०१६ मे ३१ बाट ए३२०–११४ सिरिजको १५८ सिट भएको विमानका साथ दोहा उडान गरेर आफ्नो हवाई यात्रा सुरु गरेको थियो । चार वर्षभन्दा कम समयको अन्तरालमै एअरलाइन्स् छ देशका १० गन्तव्यस्थलमा आफ्नो सञ्जाल स्थापित गरिसकेको छ । एअरलाइन्स्ले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुईयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ ।
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउ“दै आएको निजी वायुसेवा कम्पनी हो । संस्थाका ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए३२०–२१४ सिरिजका तीनर ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएका एक ए३१९–११५ गरी कुल चार न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउ“दै आएका छन् । साथै निकट भविष्यमा नै ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एअरलाइन्स्ले २०२१ सम्म दुई ए३१९ जहाज खरिद गर्ने र क्रम्शस् नाङचाङ र शाङघाई पहिलो चरणमा र त्यस पस्चात अलि र ल्हासामा विस्तार गर्ने योजना पनि एयरलाइन्सको छ ।
प्रतिक्रिया