रोशीको रौश बढाउन जोसिए युवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१७ फाल्गुन : झन्डै तीन सय फिट  अग्लो  ग्वाइजंग  झरनाले   रानिपोखरी र प्राचीन मानव र जिवहरुको पैतालाको निशान भएको ढुङ्गा !  यस्ता अनेकौं प्राकृतिक सम्पदाहरू बोकेर हिमालको काखमा रहेको रोशीलाई चिनाउन त्यहाँका युवाहरु सक्रिय भएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउपालिकालाइ पर्यटकीय स्थलको रुपमा नेपाल सरकार  तथा विश्व सामु पुर्याउन लागिपरेका छन्। काठमान्डौ देखि बनेपा,धुलिखेल ,नमोबुद्ध हुदै पुगिने रोशी गाउपालिकाकको सुन्दरता तथा रमणिय दृश्यले बोकेको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि रोशी सम्पदा संरक्षण तथा प्रवर्द्धन नामक समिति निर्माण गरि औपचारिक तरिकाले प्रावधान पुरा गर्दै गएको स्थानीय सक्रिय युवा प्रदिप लामा बताउनुहुन्छ।
रोशी तथा रोशी बाहिर बसोबास गर्दै आएका रोशिका युवाहरु तथा अगुवाहरुले रोशी विकासका लागि आवश्यक पर्ने सबै किसिमका योगदान दिन तयार रहेको स्थानीय युवा  तुलाराज लामाले बताउनु भएको छ।  आर्थिक हिसाबले निकै पछि परेको रोशीलाइ चिनाउन युवाहरुको सक्रियता देखेर खुशी भएको साथै आफुले सक्केसम्मको सहयोग गर्ने यस अभियानलाइ सफल बनाउन सहयोग गर्दै आउनु भएका अवारंगजेबले बताउनु भएको छ। अर्का युवा शंखध्वज लामाका अनुसार २ दशक पहिले देखि प्रयासरत गाउका स्थानीय बुद्धिजीवी ,अग्रज,समाजसेवीहरुको पुरा साथ् पाइरहेकोले यस पटक अभियान सफल बनाउने कुरामा विस्वस्थ छन्
   तामाङ्ग जातिको मूल बसोबास रहेको रोशिको वडा न २ पुरानो गाउको आफ्नै जीवनशैली रहेको देख्न सकिन्छ। भौगोलिक विविधताले सौन्दर्य भएको हाम्रो देशको सौन्दर्यता थप बढाएको छ ग्वाइजङ्ग  झरनाले। यस झरनाको उचाइ लगभग ३०० फीट रहेको छ ।सगै पौराणिक ईतिहास बोकेको रानिपोखरी र प्राचीन मानव र जिवहरुको पैतालाको निशान भएको ढुङ्गाले पनि छुटै परिचय दिने गर्दछ। दायाँ र बायाँ हरियो वन भएको पहाड मुनि चिसो पथ्थरले सजिएको खोलाको दृश्यले त मन झनै आनन्दित बनाउने गर्दछ। अनेकतामा एकता भन्ने नारालाइ मुर्त रुप दिने गर्दछ पुरानोगाउँको मानव बस्तिले, गाउँमा कसैको बिहे अथवा कुनै कार्यक्रमको आयोजनमा देशभरी नै छरिएर रहने ती गाउँबासिको अनिवार्य सहभागिता गराएर।

रोजगारिको अवसर नभेटाएर विदेशिनेहरुको सँख्या प्रती घर कम्तिमा १ जनाको दरले छ । गाउँमा एउटा प्राथमिक र एउटा माध्यमिक गरि २ वटा विधालयहरुले त्यहाका बालबालिकाहरुलाइ शिक्षा प्रदान गर्दै आएको छ। तामाङ्ग जातिको मुल बाँस स्थान रहेको पुरानोगाउँमा अझै १९ औ सताब्दिको जीवन शैली देख्न पाइन्छ । शिक्षाको ज्योती भन्दा टाढा रहेर पनि गाउँबाँसिहरुले, यहाँ भएका उपयोगी जडिबुटीलाई संरक्षण दिएका छन।

सखरखण्ड,गहुँ,साग,सुन्तला र थोरै मात्रामा धानबाली यहाँको मुख्य खेती हुन ।

अस्पताल सम्म नदेखेकाहरुको सँख्या पनि कम छैन पुरानो गाउँमा। स्थानिहहरुले स्थानिय सरकार आए पछि बल्ल बस गुड्ने बाटो निर्माण हुदा निकै खुशी ब्यक्त गर्दछन । स्थानिय तह गठन भए पछि चुनावी प्रक्रिया पूरा गर्दै वडा अध्यक्ष पदमा आसिन पोतेलाल तामाङ्गले पनि रोशी गाउँपालिकाको तर्फबाट पनि प्राथमिकता पाउने आशा गरेका छन।