प्रम ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण बुधबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण आगामी बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हुने भएको छ।

उहाँको पहिलो मृगौला प्रत्यारोपण २०६३ सालमा गरिएको थियो । विगत केही समय यता मिर्गौलाले काम गर्न छाडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो।

यसअघि उनको मिर्गौला प्रत्यारोपण विदेशमा गर्ने सरसल्लाह भइरहे पनि त्रिवि टिचिङ अस्पतालमै उनको मिर्गौला प्रत्यारोपण गरिने नेकपा सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।