
१५ फाल्गुन। पब्लिक हेल्थ कन्सर्न ट्रष्ट द्धारा संचालित पुष्पलाल मेडिकल कलेज एंड टिचिङ्ग अस्पताल कीर्तिपुरमा बढ्दै गरेको आगोले पोलेका बिरामीहरुको उपचारका लागि आवश्यक पर्ने छालाको अभाव भएको प्लास्टिक सर्जरी विभागका संयोजक हेमन्त ध्वज जोशीले बताउनु भएको छ। छालाको पूर्ति गर्दै आएको लाइन्स छाला बैंक संचालनमा आएको ६ वर्ष हुन् लाग्दा सम्म जम्मा २८ जनाले छाला दान गरेको लाइन्स छाला बैंकका जनचेतना सचेतक कृष्णा श्रेष्ठले बताउनु भएको छ। छाला दान समबन्धि जनचेतनाको कमीले छाला दाताहरु घटेको ,श्रेष्ठको भनाइ छ। एक समय ६५ जना सम्म पोलेका बिरामी पुगेका कीर्तिपुर अस्पतालमा अहिले भने ३० जना बिरामीहरु उपचाररत रहेका ,उपचारमा संलगन डा. शंकरमान राइले बताउनु भएको छ। छाला प्रत्यारोपण गर्न बिरामी कै छाला आवश्यक पर्ने अथवा मृत्यु परांत दान भएका छाला आवश्यक पर्ने उहाले बताउनु भएको छ।

यता अधिकांस बिरामी उपत्यका बाहिरबाट आउने गरेका र एम्बुलेन्समा बिरामीलाई नशामा चढाइने पानी अर्थात सलाइन विधिको प्रयोग बाट ४ देखि ५ लिटर सम्म चढाइने पानीको अभाव भएर अस्पताल सम्म पुग्ने बिरामीहरुको उपचारमा झन् समस्या उत्पन्न हुने गरेको डा. राइले बताउनु भयो । ढिला गरेर आउने पोलेका बिरामीहरुमा किटाणुको मात्रा अधिक पाइएकोले उपचार गर्न कठिनाइ थपिदै गएको उहाले बताउनु भयो। यस्ता बिरामीहरुको लगभग ३० प्रतिसत शरीरको भाग पोलेर उपचारका बाधक बन्दै आएको डा.राइले बताउनु भयो ।
चिसोको बेला आगो ताप्दा लापरवाही गर्दा,तातो पानीले पोलेको,एसिड जस्ता रसायनले वा विधुतले पोलेमा,तातो बाफले पोलेका बिरामीहरुको छाप बढ्दै गएको बेला अस्पतालमा छालाको अभाव भएको छ। उपचारको क्रममा छाला टासेर गरिने उपचारको लागि छाला अभाव भएको उहाले बताउनु भएको छ। यता बिरामीको चाप बढे संगै ठाउको अभाव समेत भएको छ। हाल कीर्तिपुर अस्पतालमा ३० जना पोलेका बिरामीहरु उपचाररत रहेका छन् । आइसिउ कक्षमा उपचाररत ८ जना बिरामी मध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको जोशीले थप्नु भयो।
उपचारमा संलगन एक जना अर्का चिकित्सकका अनुसार हाल सम्म कीर्तिपुर अस्पतालमा छालाको अभाव भएर ३ महिना देखि उपचार गराउने बिरामीहरु कम्तिमा पनि ३ जना सम्म अझै भर्ना रहेका छन् ।
प्रतिक्रिया